काठमाडौँ – आसन्न स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा विवेकशील नेपालीलाई रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले समर्थन गर्ने भएको छ ।
साझाले विवेकशीलले घोषणा गरेको झपाको दमक नगरपालिकाको मेयर, केराबारी गाउँपालिका ९ को वडाध्यक्ष लगायत विभिन्न स्थानीय तहका उम्मेद्वारहरूलाई समर्थन गर्ने भएको हो ।
विहीबार प्रेस विज्ञप्ती प्रकाशित गर्दै साझाले विवेकशीलका उम्मेद्वारलाई समर्थन र सहयोग गर्ने बताउँदै उम्मेद्वारहरूलाई मतदान गर्न सम्पूर्ण पार्टी सदस्य, सुभेच्छुक तथा सम्बन्धित क्षेत्रका मतदाताहरूलाई अनुरोध समेत गरेको छ ।
यसअघि पहिलाे चरणकाे निर्वाचनमा विवेकशीलले काठमाडाैँकाे उपमेयरमा साझा पार्टीलार्इ समर्थन र सहयाेग गरेकाे थियाे ।
प्रकाशित: ८ असार २०७४ ०६:५९ बिहीबार