काठमाडौं— नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाही तीन करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
अमात्यका अनुसार शाहीले क्यानडा जान चाहनेलाई रसिदनै काटेर पैसा लिने गरेका थिए। प्रतिब्यक्ति ५ देखि ७ लाखाम्म लिए पनि रसिद भने २ लाखको दिने गरेको उजुरीकर्ताहरुले प्रहरीसँग दावी गरेका छन्।
नेपाल आइस हक्की संघका अध्यक्ष समेत रहेका शाहीले क्यानडा पठाउँछु भन्दै ठगी गरेको उजुरी प्रहरीमा परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो। स्पोर्ट्स फर अल नेपाल नामको संस्थाबाट क्यानडा पठाउने भन्दै पैसा लिएर ठगि गरेको उनीविरुद्ध उजुरी परेको छ।
महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार शाहीविरुद्ध २५ जनाको उजुरी आइसकेको छ। दर्ता भएको उजुरी अनुसार ३ करोड बढी ठगी भएको देखिएको अमात्यले जानकारी दिए।
अमात्यका अनुसार शाहीले क्यानडा जान चाहनेलाई रसिदनै काटेर पैसा लिने गरेका थिए। प्रतिब्यक्ति ५ देखि ७ लाखाम्म लिए पनि रसिद भने २ लाखको दिने गरेको उजुरीकर्ताहरुले प्रहरीसँग दावी गरेका छन्। शाही पक्राउ परेपछि उनीबाट ठगिएको भन्दै सम्पर्क गर्नेको संख्या बढेकाले उजुरी र ठगिएको रकमको बिगो बढ्न सक्ने एसएसपी अमात्यले नागरिकन्युजलाई बताए।
प्रकाशित: ८ असार २०७४ ०७:२४ बिहीबार