फेसबुकमा भुलेर पनि उल्लेख नगर्नुस यी कुराहरू

बिहिबार, ०८ असार २०७४, १४ : १२ एजेन्सी


पछिल्लो समय फेसबुक अपराधिक क्रियाकलापका लागि पनि बढी प्रयोग भइरहेको छ । फेसबुकको प्रयोगबाटै देशमा विभिन्न अपराधिक घटनाहरू घटिरहेको छ। 

कतिपयले आफ्नो व्यक्तिगत विवरण फेसबुकमा सार्वजनिक गरिरहेका हुन्छन् । उक्त विवरणले साथीहरूले गलत फाइदा उठाइरहेका हुन्छन् तर त्यो विषयमा सबैलाई थाहा नहुन पनि सक्छ । 

त्यसैले फेसबुक जस्ता सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत विवरण राख्नुपूर्व ध्यान दिनुहोस् । सकेसम्म यी  तथ्य फेसबुकमा नराखेकै राम्रो हुन्छ । 

जन्मदिन 
तपाईहरुले सकेसम्म फेसबुकमा आफ्नो वास्तविक जन्मदिन उल्लेख नगरेकै राम्रो हुन्छ । यसैलाइै आधार बनाएर कतिपय अपराधिक घटनाहरू घट्न सक्छन् । 

सम्पर्क नम्बर 
फेसबुक प्रोफाइलमा उल्लेख गरिएको सम्पर्क नंम्बरका आधारमा तपाईसँग सम्पर्क बढाई मानिसहरूले तपाईहरू माथि गलत दृष्टिले समेत हेर्न सक्ने भएकाले फेसबुक सकेसम्म सम्पर्क नंम्बर उल्लेख नगर्नु राम्रो मानिन्छ । 

तपाईका अधिंकाश साथीहरू
अक्सफोर्ड विश्वविद्यालयका मनोवैज्ञानिक फेसबुकमा सामेल भएका अधिंकाश साथीहरूका कारण समेत उनीहरूसँगको सम्बन्धको स्थायीत्वमा प्रभाव पर्न सक्छ । 

परिवारका साना सदस्यहरूको नाम 
एक अनुसन्धानका अनुसार परिवारका साना सदस्यहरूको नाम तथा तस्विरहरूको नाम उल्लेख गर्नाले यौन हिंसाका कार्यहरू बढ्न् गरेको देखिन्छ ।

कार्यालय तथा स्कुल जाने समय  
तपाईले कार्यालय तथा बच्चाहरू विद्यालय जाने समय फेसबुकमा उल्लेख गरेमा तपाईलाई कसैले निगरानी गरिरहेको हुन्छ जसले तपाई माथि विभिन्न समस्याहरू आउन सक्नेछ । 

ठेगानाको जानकारी 
फेसबुक प्रोपाइलमा आफ्नो ठेगाना उल्लेख गरेमा कुनै व्यक्तिको विशेष निगरानी तपाईमाथि हुन सक्छ जसकारण विभिन्न समस्याहरू आउन सक्छन् । 

प्रमुखबारेको जानकारी 
तपाईको कार्यालय प्रमुखबारेको जानकारी फेसबुक मार्फत् नदिनु नै राम्रो मानिन्छ । फेसबुकमा उल्लेख गरिएका कतिपय तथ्यहरूले तपाईहरूको सम्बन्ध बिग्रन सक्नेछ ।

बिदाको दिन
तपाई आफ्नो बिदाको दिन फेसबुकमा उल्लेख गर्नुहुन्छ भने त्यो बानी तत्काल हटाउनुस् । तपाई यदि कसैको निगरानीमा रहनुभएको रहेछ भने त्यसले समस्या उत्पन्न गराउन सक्छ । 

व्यक्तिगत सम्बन्ध
तपाईको व्यक्तिगत सम्बन्धका बारेमा फेसबुकमा उल्लेख गर्नाले विभिन्न समस्याहरू आउन सक्छन् । 

क्रेडिट कार्डबारेको जानकारी 
आफ्नो क्रेडिट कार्ड बारेको जानकारी फेसबुक मार्फत् नदिनु राम्रो मानिन्छ ।

यात्राबारेको जानकारी 
यदि तपाई कुनै यात्रामा हुनुहुन्छ भने फेसबुकमा यसको बारेमा उल्लेख नगरेकै राम्रो। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘मिस युनिभर्स’मा नग्मा

‘मिस युनिभर्स’मा नग्मा

अमेरिकाको लसभेगासमा आगामी २६ नोभेम्बरमा आयोजना हुन लागेको ६६ औं संस्करणको ‘मिस युनिभर्स’मा नेपालबाट नग्मा श्रेष्ठले सहभागिता जनाउने भएकी छन्...

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

मदन पुरस्कार गुठीले ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेललाई वर्ष २०७३ को ‘मदन पुरस्कार’ प्रदान गरेको छ भने व्यंग्य चित्रकार...

सोलमा सुनिँदै नेपथ्य

सोलमा सुनिँदै नेपथ्य

प्रसिद्ध सांगितक ब्यान्ड नेपथ्य दक्षिण कोरियाको राजधानी सोलमा गुञ्जिने भएको छ । नेपथ्य ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा आगामी असोज...

दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर

दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर

केही महिना अघि राजधानीमा भएको एक कार्यक्रममा अभिनेता रमेश उप्रेतीले आत्मआलोचना गर्दै आफू कलाकार हुँदा निर्मातालाई हरेक कुरामा दिएको दुःख...