८ वैशाख २०८१ शनिबार
खेल

प्रभाव जमाएका स्पिनर

काठमाडौं- नेपाली क्रिकेटमा छोटो समयमा प्रभाव पार्न सफल खेलाडी हुन्, सन्दीप लामिछाने। एकवर्षमा यु–१९ देखि राष्ट्रिय टोलीसम्म यात्रा गर्दा उनले केही स्मरणीय प्रदर्शन गरेका छन्। नेपाली टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके विभिन्न जिल्ला भ्रमण सकेर राजधानी फर्कनेक्रममा चितवन ओर्लिए। त्यहाँ उनले एउटा किशोरलाई बलिङ गरिरहेको देखेका थिए। पुबुदुले पनि तिनै किशोरलाई कीर्तिपुर मैदानमा बोलाएर राष्ट्रिय टिमस“गै प्रशिक्षणमा राखे। उनै किशोर सन्दीप अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य बन्न पुगेका छन्।

पहिलो प्रयासमै यु–१९ मा मौका पाएका १६ वर्षे लेग स्पिनर सन्दीपले बंगलादेशमा गतवर्ष सम्पन्न आइसिसी यु–१९ विश्वकपको समूह चरणमा आयरल्यान्डविरुद्ध ह्याटि्रकसहित ५ विकेट लिए। उक्त विश्वकपमा ह्याटि्रक लिने उनी एक्लो खेलाडी हुन्। यु–१९ विश्वकपको इतिहासमा ह्याटि्रक विकेट लिने पाँचौं खेलाडीमा उनको नाम दर्ता भएको छ।

नेपाली टोली विश्वकप क्वार्टरफाइनल पुग्दा सन्दीपले ६ खेलमा १४ विकेट लिए। यस संस्करणमा सर्वाधिक विकेट लिने बलर सूचीमा उनी दोस्रो नम्बरमा रहे।

सानै उमेरमा अवसर पाएका उनले केही महिनाअघि अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कस“ग हङकङमा एउटै टिमबाट खेले। क्लार्कले उनलाई आफ्नो एकेडेमीमा पनि बोलाएका छन्। मंगलबार राष्ट्रिय टोलीले बेलायतमा मेरिलेबोन क्रिकेट क्लबविरुद्ध लर्ड्स मैत्रीपूर्ण खेल खेल्दा सन्दीप पनि टोलीमा थिए।

२०७२ सालमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनै सन्दीप पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस विधाको मनोनयनमा छन्। सर्वाधिक एसएमएस भोट र फेसबुक लाइकका आधारमा विजेताको चयन हुने पिपुल्स च्वाइसमा उनीसहित टेबलटेनिसकी नविता श्रेष्ठ, भारोत्तलनकी तारादेवी पुन, भलिबलकी प्रतिभा माली र फुटबलका नवयुग श्रेष्ठ प्रतिस्पर्धामा छन्। बिहीबार राजधानीमा आयोजना हुने स्पोर्टस अवार्डमा विजेता घोषणा हुनेछ।

 

प्रकाशित: ६ श्रावण २०७३ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App