७ वैशाख २०८१ शुक्रबार
राजनीति

एउटै पदमा बाबु, छोरा र दाजुभाइको प्रतिस्पर्धा

बैतडी – जिल्लाको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एउटै पदका लागि बाबु, छोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन्। 

डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली काँग्रेसबाट र लोकेन्द्रबहादुर राना (शीतलले) नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् । 

नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेद्वारी दर्ता गराएको कर्णबहादुर रानाले बताए । दुवै भाइले एकै पदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यलाई भोट हाल्नका लागि समस्या भएको छ। 

त्यस्तै पुरचौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष पदका लागि बाबु र छोराले पनि अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्। 

एमालेबाट नागी साउद (बाबु) र नेकपा माओवादी केन्द्रबाट उज्ज्वल साउद (छोरा)ले उम्मेदवारी दर्ता गराएका हुन्। 
आफूहरुको अलग अलग राजनीतिक विचार भएकाले आ–आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको नागी साउदले बताए। 

बाबु र छोरा एउटै पदमा प्रतिस्पर्धा गर्ने भएपछि परिवारका अन्य सदस्यलाई कसलाई भोट दिइने भन्ने समस्या भएको छ । रासस 

प्रकाशित: ८ असार २०७४ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App