८ वैशाख २०८१ शनिबार
राजनीति

विराटनगरमा सबैभन्दा बढी मतदाता, बझाङको काँडामा कम

काठमाडौं- दोस्रो चरणमा हुन लागेको चुनावमा सबैभन्दा बढी मतदाता विराटनगर उपमहानगरपालिकामा छन् भने बझाङको काँडा गाउँपालिकाका सबैभन्दा कम मतदाता मतदान गर्दैछन्।

असार १४ मा तीन प्रदेशमा हुन लागेको चुनावमा कुल ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले भाग लिँदैछन्। एक, पाँच र सात प्रदेशका ३५ जिल्लामा हुने स्थानीय चुनावबाट १५ हजार ३८ जना प्रतिनिधि निर्वाचित हुनेछन्।

विराटनगरमा १ लाख १२ हजार ८ सय ३२ जना मतदाता छन् भने काँडा गाउँपालिकामा ८ सय ८१ मतदातामात्रै छन्। दोस्रो बढी मतदाता धरान उपमहानगरपालिकामा छन्। त्यहाँ ७९ हजार २ सय ८२ मतदाता छन्। त्यस्तै घोराही उपमहानगरपालिका ७८ हजार ४ सय १९ मतदाताले मतदान गर्दैछन्। यसैगरी इटहरी उपमहानगरपालिकामा ७७ हजार ६ सय ७७ र तुलसीपुर उपमहानगरपालिकामा ७६ हजार ८ सय ८१ मतदाता छन्।

कम मतदाता हुनेमा दार्चुलाको अपी हिमाल गाउँपालिकामा ३ हजार ७ सय ६१ जना मतदाताले मतदान गर्दैछन्। त्यस्तै संखुवासभाको भोटेखोला गाउँपालिकामा ३ हजार ९ सय ६७ मतदाता छन्। बझाङको सूर्मा गाउँपालिका र सोलुको लिखुपिके गाउँपालिकामा क्रमशः ४ हजार ४५ र ४ हजार १ सय २२ जना मतदाता छन्।

प्रकाशित: ९ असार २०७४ ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App