coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी 'पकड' मा जित्ने कांग्रेस दाउ

राजापुर (बर्दिया)- सदरमुकाम गुलरियादेखि ५० किलोमिटर पश्चिममा पर्ने निर्वाचन क्षेत्र नं ४ राजापुरमा शनिवार नागरिक संवाददाता पुग्दा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर राठोर कांग्रेसको सर्म्पक कार्यालय अघि चर्को घाममा असिन पसिन हुँदै रूख चिन्ह अंकित टिसर्ट र झन्डा बोकेका कार्यकर्तालाई भावनामा बगेर चुनावी माहोलक कुरा नगर्न सम्झाउँदै थिए। 'जस्ताको त्यस्तै खबर ल्याउ, भावनामा बगेर जित्छ नभन, जित्ने आधार के हो?', उनी कार्यकर्तासँग प्रतिप्रश्न गर्दै थिए। राजापुर नगरपालिका १० वडाको सबै अध्यक्ष उम्मेदवार निर्देशन दिने र राजापुर कांग्रेसले गर्न थालेको कोणसभालाई उनको सम्बोधन गर्ने उनको कार्यक्रम थियो। माओवादी केन्द्रको पकड क्षेत्र मानिएको निर्वाचन क्षेत्रनं. ४ मा पर्ने राजापुर नगरपालिका र गेरुवा नगरपालिकामा कांग्रेसले जित्ने दाबी गरेको छ।

पहिलो र दोस्रो संविधान सभाको चुनावमा क्षेत्र नं. ४ मा माओवादीका रामचरण थारू र मान बहादुर थारूले जितेको क्षेत्रमा पर्ने नगरपालिका र गाउँपालिका हो।

'माओवादीसँग हाम्रो प्रतिस्पर्धा छ तर, हामीले गरेका विकासका कुरा स्थानीय नेतृत्वबाट मतदाताका पुग्यो भने हाम्रो जित सुनिश्चित छ,' राठोरलेे भने। राठोरको पुर्खोली घर भएको ४ नम्बर निर्वाचन क्षेत्र स्थानीय तह पुनःसंरचनापछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिका पर्छ।

चर्चामा माओवादी र कांग्रेस

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा चुनावी प्रतिस्पर्धा माओवादी र कांग्रेसकै हुने अड्कल रहेको छ। थारू बाहुल्यताका रहेका राजापुर र गेरुवा नगरपालिकामा माओवादीको संविधान सभा चुनावको नतिजा हेर्दा राम्रो पकड मानिन्छ। थारू वाहुल्यता भएको यो क्षेत्रमा थारू उम्मेदवार जित्ने अनुमान गरिएको छ। यहाँका मतदाता बिहानभर खेतीमा व्यस्त हुने अनि दिउँसो फुर्सदका बेला चुनावी जितहारको विषयमा बहस गर्छन्।

राजापुर–१० खैरीचन्दनपुरको रामजानकी चोकमा भेटिएका स्थानीय शिक्षक अरुण चौधरी पनि यहाँ कांग्रेस र माओवादी नै हावी भएकाले दुईमध्ये एकले जित्नेे उनको विश्लेषण छ। 'सरसर्ती हेर्दा चर्चा माओवादी र कांग्रेसकै गर्छन्,' उनले भने, 'मतदाता पनि कांग्रेस र माओवादीका पक्षमा देखिन्छन्।'

राजापुर नगरपालिकाको ३९ हजार मतदाता मध्ये ७५ प्रतिशत थारू मतदाता छन्। यस्तै २१ हजार २ सय ८३ मतदाता रहेको गेरुवामा ८० प्रतिशत थारू समुदायको बाहुल्यता छ।

कमजोर छैन कांग्रेस

२०५६ सालको संसदीय निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसले जितेका थियो। संविधानसभाको पहिलो तथा दोस्रो निर्वाचनमा क्षेत्र नं. ४ माओवादीले जितेको थियो। तर पहिलो संविधान सभामा एकदमै कमजोर रहेको कांग्रेस २०७४ मा भएको दोस्रो संविधान सभा निर्वाचनमा झिनो मतले माओवादीसँग पराजित भएका थिए। झिनो मतले पराजित कांग्रेसले अझै संगठन सुदृढ भएको दाबी गरेको छ भने दोस्रो संविधानको चुनावमा बेला पार्टी फुटको असर अहिले नरहेको माओवादीको दावी छ।

प्राथामिकतामा थारू उम्मेदवार

गाउँपालिका र नगरपालिकाको कांगे्रसले मेयरमा पहाडी समुदायको उम्मेदवार उठाए पनि वडाका अधिकांश उम्मेदवारी थारूलाई दिएको छ। वडामा नेपाली कांग्रेसको वर्चस्व हुँदा प्रमुख पदमा जित्ने कांग्रेसको रणनीति छ। तर माओवादीले वडामा थारू उम्मेदवारसँगै पहाडी समुदायकालाई पनि समावेश गरेको छ। मेयर पदमा गेरुवा र राजापुर माओवादीले थारू उम्मेदवार खडा गरेको छ।

गेरुवा गाउँपाालिका शान्ति बजारमा भेटिएका कांग्रेसका युवा नेता कमल रेग्मीले अहिलेको चुनावमा अन्तरघात र टिकट वितरण मनमुटाव नरहेकाले कांग्रेसका उम्मेदवार बलियो भएको तर्क गरे।

माओवादी केन्द्रको आफ्नै दाबी

माओवादी केन्›ले बर्दियामा दोस्रो संविधान सभाको निर्वाचनमा भन्दा यसपटक नतिजामा सुधार ल्याउने दाबी गरेको छ। पार्टीका अजेन्डाको बारेमा स्थानीय मतदाता घनिभूत छलफलपछि आएको प्रतिक्रियाले जित सुनिश्चित भएको उसको दाबी छ। माओवादी केन्› केन्द्रीय सदस्य देवराम चौधरीले अघिल्लो चुनावकोे तुलनामा संगठन बलियो भएकाले जित्ने उनको भनाइ छ।

'उम्मेदवार राम्रा र थारू उम्मेदवार भएकाले हामीले जित्ने आस गरेका छौं, स्थानीय चुनावमा पार्टीभन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने भएकाले त्यसको प्रभाव पर्छ,' उनले भने।

गाउँपालिका र नगरपालिकाका प्रमुख–उपप्रमुखमा जित हासिल गर्ने उनको भनाइ छ। 'गाउँपालिकाका वडाहरूमा भने मिश्रित परिणाम आउनसक्छ,' माओवादीका अर्का नेताले भने।

यतिखेर कांग्रेस, माओवादी, एमाले राप्रपालगायतका सबै दलले घरदैलो अभियान चलाएर भोट माग्न व्यस्त छन्। पहिलो चरणका घरदैलो सकेका उनीहरूले उम्मेदवार आफै घर गएर भोट माग्न थालेका हुन्।

२०४८ र २०५१ एमालेले जितेको यस क्षेत्रमा अहिलेको चुनावी मैदानमा एमाले कमजोर मानिएको छ।

प्रकाशित: ९ असार २०७४ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App