८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादीका उम्मेद्वारको  घर नजिकै बम विस्फोट

धनगढी – कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका प्रमुख पदका प्रत्याशी गोकर्ण भट्टको निवासमा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ। 

अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा राति पौने ३ बजेको समयमा भएको विस्फोटबाट उनको घरका झ्यालका सिसा फुटेको र ढोकामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए।

विस्फोटन गराउने समूहको खोजी भइरहेको बुढाले बताए। भट्ट नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता एवम् ७ नं प्रदेश प्रमुख लेखराज भट्टका भाइ हुन्। रासस 

प्रकाशित: ९ असार २०७४ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App