coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टेनिसमा प्रशंसालाई उपाधि

काठमाडौं – प्रशंसा मोक्तानले बिहीबार सातदोबाटोस्थित टेनिस कोर्टमा सुनिरा थापालाई हराउँदै चौथो नेपाल जुनियर ओपन टेनिस च्याम्पियनसिपमा ९ वर्षमुनिको छात्रामा उपाधि हात पारेकी छिन्। 

नेपाल लन टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा प्रशंसाले ४–१, ४–२ को सोझो सेटमा विजय हासिल गरेकी थिइन्। 

यसै गरी १८ वर्षमुनिको पुरुषतर्फ संरक्षणभूषण वज्राचार्यले बिहीबार सहज जितका साथ फाइनलमा स्थान सुरक्षित गरेका छन् । संरक्षकभूषणले सेमिफाइनलका प्रतिद्वन्द्वी इभाक जोशीमाथि ६–०, ६–० को सहज जित दर्ता गराएका थिए । १२ वर्षमुनिको छात्रातर्फ रायना शाह र शर्भानी श्रेष्ठले एक–अर्काविरुद्धको फाइनल भिडन्त पक्का गरेका छन् । बिहीबारको सेमिफाइनलमा रायनाले इशाश्री शाहमाथि ६–१, ६–२ को जित दर्ता गराउँदा शर्भानीले आइशा गुरुङलाई ६–०, ६–० को सेटमा निराश पारिन्।

१४ वर्षमुनिको छात्रातर्फ सेमिफाइनलमा विजय हासिल गर्दै संयक वज्राचार्य र आदित सुवेदी फाइनल पुगे । संयकले आदित्य सुवेदीलाई ६–१, ७–६ को नतिजामा हराउँदा अदितले कुबे चेम्जोङलाई ६–१, ६–० ले पराजित गरे । छात्रकै यु–९ मा राजवीर प्रधान र सक्षम शाहले फाइनलयात्रा तय गरे । बिहीबारको सेमिफाइनलमा राजवीरले शिभेन महर्जनलाई ४–०, ४–१ ले हराए भने सक्षमले मन्थन जोशीमाथि ४–०, ४–२ को नतिजामा जित हात पारे। 

त्यस्तै १२ वर्षमुनिको सेमिफाइनलमा आर्यन गिरी र निश्चल अधिकारीले फाइनल भिडन्त पक्का गरे । आर्यनले आदित्य सुवेदीलाई ७–६(५), ६–३ को नतिजामा हराउँदा निश्चलले चिराग तिमल्सिनामाथि ६–२, ४–६, ६–३ को संघर्षमय जित हासिल गरेका थिए । छात्रकै १० वर्षमुनि उमेरसमूहमा आरभ हाडा र प्रणव मानन्धर फाइनल प्रवेश गरेका छन् । सेमिफाइनलमा आरभले सरोज लामालाई ६–१, ६–० को नतिजामा हराए भने प्रणवले आयुश्मान घलेलाई ६–३, ६–२ ले निराश पारे। 

छात्रा १४ वर्षमुनिको स्पर्धामा सलोनी तामाङ, इशाश्री शाह, अभिलाशा विष्ट र रायन शाहले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । बिहीबारको क्वार्टरफाइनलमा सलोनीले लुमुत्सो लामा, इशाश्रीले स्नेहा यादव, अभिलाशाले सर्वानी श्रेष्ठ तथा रायनाले प्रभानी प्रधानलाई हराएका थिए । 

प्रकाशित: ९ असार २०७४ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App