coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

लोकप्रिय ‘लङबेल्ट’

‘स्टाइलिस’ देखिन ड्रेस अप र मेकअप मात्र गरेर पुग्दैन, साथमा भिरिएको हुनुपर्छ, आकर्षक ब्याग पनि । ‘स्टाइल’ पछ्याउने युवती त सुहाँउदो ब्याग नभिरे फेसन नै अपूरो भएको महसुस गर्छन्।

पहिरन र मेकअप अनुसार ब्यागको ‘कम्बिनेसन’ मिलाउने मनिता अचेल लामो फित्ता भएको ‘साइड ब्याग’ भिर्छिन्। यो ब्यागमा उनी सहज महसुस गर्छिन् । ‘सानो छ, तर मेरो सबै सामान अटाउँछ,’ भन्छिन्, ‘जहाँ जाँदा पनि प्रयोग गर्न सजिलो छ।’

‘ब्यागबिना स्टाइल पूरा हुँदैन,’ लैनचौरमा भेटिएकी मनिता मगरले भनिन्, ‘त्यसैले फरक लुक्समा फरक ब्यागको कम्बिनेसन मिलाएर बोक्छु ।’ पहिरन र मेकअप अनुसार ब्यागको ‘कम्बिनेसन’ मिलाउने मनिता अचेल लामो फित्ता भएको ‘साइड ब्याग’ भिर्छिन्। यो ब्यागमा उनी सहज महसुस गर्छिन् । ‘सानो छ, तर मेरो सबै सामान अटाउँछ,’ भन्छिन्, ‘जहाँ जाँदा पनि प्रयोग गर्न सजिलो छ ।’  उनको ब्यागमा छाता, पर्स, डायरी, कलम, चस्मा र मोबाइल अटाउँछन् ।

सानो ‘क्रसबडी’ ब्याग बोकेकी कीर्तिपुरकी अञ्जु पराजुलीका लागि यो ब्याग ‘स्टाइल’ मात्र हो । ‘यसमा केही पनि अटाउँदैन, तर घुम्न निस्कँदा सहज हुन्छ,’ उनी भन्छिन् । 

मनिता र अञ्जु मात्र हैन, अचेल सहरका धेरै महिलाको ‘स्टाइल’ बनेको छ–लामो फित्ता भएको ‘स्लिङ ब्याग’ । साना, ठूला र मझौला ‘साइज’ का ‘ब्याग’ महिलाका काँधमा झुण्डिरहेका हुन्छन् । सपिङदेखि कलेजसम्म, योग कक्षादेखि छोटो दूरीको यात्रासम्म ब्यागको लामो ‘साइड बेल्ट’ले महिलालाई ‘स्टाइलिस’ बनाएको छ ।

‘सानादेखि ठूला साइजका सबै ब्यागलाई लामो साइड बेल्टले स्टाइलिस बनाएको छ,’ न्युरोडस्थित दिवा फेसनका वीरेन्द्र धानुक भन्छन्,  ‘अचेल ग्राहकको रोजाइ पनि यहि हो ।’ आफ्नो पसलबाट ‘सिन्थेटिक लेदर’ का ‘स्लिङ ब्याग’ धेरै बिक्री हुने गरेको उनले बताए । किशोरीले ‘स्टाइल’का लागि पर्स साइजका ‘स्लिङ ब्याग’ किन्ने गरेको व्यवसायी धानुकले बताए।

बजारमा विभिन्न ‘डिजाइन’का ‘साइड ब्याग’ पाइन्छन्, जसलाई ‘लङबेल्ट’ले अझ ‘स्टाइलिस’ बनाएको छ । ‘बकल’ भएको, ‘जिपर’ भएको वा ‘फ्ल्यापी’ ब्याग लामो बेल्टमा चल्ने डिजाइन हुन् । एक्सक्लुसिभ ब्याग सप, न्युरोडकी पासाङ लामाले यस्ता ब्याग धेरै बेचिसकिन् । ‘सुरक्षा र सजिलोका लागि यस्तै ब्याग मन पराइन्छन्’ उनले भनिन्, ‘धेरैजसो चाहिँ मझौला र साना आकारका ब्याग बिक्छन् ।’

लामो बेल्टको ‘स्टाइल’ धेरै फैलिएकाले ‘ब्याग प्याक’ र ‘सपिङ ब्याग’ स्टाइलमा पनि छोटो ‘स्ट्राप’सँगै लामो बेल्ट राखिएका ब्याग बजारमा पाइन्छन् । ‘ब्याग जस्तो भए पनि लामो बेल्टले स्टाइल दिने भएकोले यस्ता बेल्ट ‘स्पेयर’मा पनि दिइएको हुन्छ,’ लामा भन्छिन् ।

नेपाली बजारमा ‘मल्टी कलर’ भन्दा कालो र खैरो रङको ब्याग धेरै बिक्री हुने उनले बताइन् । ‘पार्टी वेयर’मा मिलाउन भने ‘फ्लावरी’ र ‘कलरफुल’ ब्याग ग्राहकको रोजाइमा पर्ने उनको अनुभव छ ।

प्रकाशित: ९ असार २०७४ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App