७ वैशाख २०८१ शुक्रबार
अन्य

विदेश घुम्दा नेपालका सहर सहरजस्तै लाग्दैनन् : आस्था राउत, गायिका

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?

धेरै देशका सहर घुमियो त्यसमध्ये ग्रीसको स्यान्टोरिनी सहर असाध्यै राम्रो लाग्यो। त्यहाँ घुम्दा शरीरमा छुट्टै इनर्जी आउँछ। भौतिक निर्माण र सुन्दरताले ग्रीसका सहर फरक पनि छन्।

विदेशी सहर घुम्दा नेपालका सहर सहरजस्तै लाग्दैनन्। हाम्रा सहर अनेकौं समस्याको जालोमा जेलिएका छन्। तर, बनाउने हो भने हाम्रा सहर विश्वकै नमुना बन्न सक्छन्। पोखरा र काठमाडौं मलाई मनपर्ने सहर हुन्। प्राकृतिक सुन्दरता भए पनि विकास निर्माणमा सोचेजस्तो गति लिन नसक्दा यहाँका सहर अव्यवस्थित देखिएका छन्।

सहर कस्तो हुनुपर्छ त ?

विदेशी सहर घुम्दा नेपालका सहर सहरजस्तै लाग्दैनन्। हाम्रा सहर अनेकौं समस्याको जालोमा जेलिएका छन्। तर, बनाउने हो भने हाम्रा सहर विश्वकै नमुना बन्न सक्छन्।

सहर भन्नेबित्तिकै हामीले सुविधायुक्त र व्यवस्थित छ भन्ने सम्झन्छौं। विश्वका धेरै देशका सहर कल्पना गरेको भन्दा पनि सुन्दर छन्। ती देशका सहरमा घुम्दा छुट्टै खालको अनुभूति हुन्छ । हाम्रा सहर पनि त्यस्तै हुनुपर्छ । सहरमा सबैखाले सेवासुविधा दिएर सहरवासीको दिक्दारी हटाउन जरुरी छ। सहरमा बस्ने अधिकांस मानिस यहाको भद्रगोल र झन्झटदेखि हैरान छन्। उनीहरूको समस्या हेरेर काम गर्नुपर्छ। मेलम्चीले खनेर जताततै बिगारेको सडकलाई तुरुन्तै मर्मत गर्नुपर्छ। धुवाँधुलो, ट्राफिक जाम, पार्किङलगायत विषय केन्द्रमा राखेर जिम्मेवार निकायले काम गर्नुपर्छ।

सहरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ ?

हाम्रा सहर व्यवस्थित नहुनुको मुख्य कारण सरकारी निकायले जिम्मेवारी बहन नगर्नु हो। सरकारी निकायकै समन्वय नभएकाले विकासका निर्माणका काममा एकरूपता छैन। सरकारले जनताले दुःख पाएको विषयमा ध्यान दिनुपर्छ। नागरिक पनि जिम्मेवार र सकारी नियमको पालना गर्न सक्नुपर्छ। पहिला त सडक व्यवस्थित पार्न जरुरी छ। विकास निर्माण कार्यमा जिम्मेवारी लिएकाले यसको समाधान खोज्नुपर्छ। सहरको पुरानो स्वरूप र आधुनिकता हेरेर विकासका काम सञ्चालन गर्न आवश्यक छ।

काठमाडौंको मन पर्ने र नपर्ने पक्ष के हो?

यहाँको मौसम, हावापानी र मठमन्दिर मन पर्छ। राजधानी सबैको केन्द्र भएकाले पनि सबैतिरका मानिस यहाँ आउनु नौलो विषय होइन। तर सरकारले यसलाई व्यवस्थित गर्न सक्नुपर्छ । स्थानीय र सहरवासीले पनि आफ्नो भूमिका निभाउनुपर्छ। मुख्य कुरा त यहाँका मानिसको विचारमा परिवर्तन आउन जरुरी छ । आफू अनुशासनमा बस्ने हो भने पनि सहर राम्रो हुन्छ। यहाँको मन नपर्ने पक्ष भनेको धुलो नै हो। धुवाँधुलो काठमाडौंको विशेषताजस्तै भएको छ।

काठमाडौंको मेयर बन्न पाए के गर्नुहुन्थ्यो ?

सबैभन्दा पहिले त महानगरभित्रका सबै वडा कार्यालयलाई सुविधायुक्त र व्यवस्थित बनाउथेँ। राजधानीवासीले सदियौंदेखि भोग्दै आएका साझा समस्यालाई उठाएर त्यसको समाधान खोज्थे। त्यस्तै, बेलाबेलामा स्थानीयसँग अन्तरक्रिया गरी उनीहरूका समस्या समाधान गर्नतिर लाग्थें।

प्रकाशित: ९ असार २०७४ ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App