८ वैशाख २०८१ शनिबार
कला

किन ल्याङ ल्याङ मैंया ?

फिल्म ‘रोमियो’को एक गीतमा नृत्य गर्दै कलाकार (बायाँ)बाट क्रमशः हसन खान, आशिष्मा नकर्मी र संजोग कोइराला । तस्बिर सौजन्य : रोमियो

काठमाडौं – युटुबमा एउटा गीत अहिले हिट छ । गीतको बोल छ, ‘अनि किन ल्याङ ल्याङ गर्दैछौ मैया ?’ । 

यो गीतको कभर भिडियोहरु पनि बनिसकेका छन् । तर, यसको ओर्जिनल भिडियो पनि सार्वजनिक भएको छैन । 

अब, भने केही समयमै दर्शकले यो गीतको भिडियो हेर्न पाउने भएका छन् । चलचित्र ‘रोमियो’मा समावेश यो गीतको भिडियोको छायांकन बिहीबारबाट सुरु गरिएको छ । 

काठमाडौको ठमेलमा रहेको एक डान्स क्लबमा यो गीतको भिडियो छायांकन गरिएको हो ।  

८० जना भन्दा बढी कोरसका साथमा चलचित्रका  नायक हसनराजा खान र नव–नायिका ओसिमा बानुले गीतमा नृत्य गरेका थिए । साथमा, अभिनेत्री अशिष्मा नकर्मी र अभिनेता  संजोग कोइराला पनि गीतको भिडियोमा देखिनेछन् । 

निर्माता तथा नायक हसनले गीतको अडियो हिट भइसकेकाले भिडियोे हिट बनाउनु पर्ने चुनौती रहेको बताए । ‘अडियो हिट भैसकेकाले हामीलाई भिडियो पनि उत्कृष्ट बनाउनुपर्ने चुनौती छ । यसैले, सोही अनुसार मिहिनेत गरेर भिडियो तयार पार्न लागिपरेका छौं,’ उनले भने ।

गीतमा सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर छ । गीतको संगीत पनि सुनिल पाण्डेले नै तयार गरेका हुन् । फिल्ममा  निर्देशन शंकर कार्कीका रहेको छ । रामेश्वर कार्कीको छायांकन रहेको फिल्मको गीतलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका छन् । 

अशिष्मा र संजोग यही गीतको भिडियोमा मात्र देखिनेछन् । फिल्ममा हसन, निशा अधिकारी, मेलिना मानन्धर र ओसिमा बानुलाई दर्शकले मुख्य भूमिकामा देख्नेछन् । कात्तिक १७ गतेबाट फिल्म देशभरका हलमा रिलिज हुनेछ । 

 

प्रकाशित: ९ असार २०७४ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App