coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोलोले बगाएर दुई विद्यार्थीको मृत्यु, विद्यालयमा तोडफोड

सल्लेरी –  खहरे खोलाले बगाएर दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन्। 

विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका हुन् । 

विद्यालय प्रशासनको लापार्बाहीले घटना भएकाले घटनाको जिम्मा लिनुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । विद्यालय परिसरमै शव राखेर उनीहरुले बिहीबार साँझदेखिनै विद्यालय घेराउ गरेका थिए । अहिले विद्यालय व्यवस्थापन समिति र मृतकका आफन्तबीच छलफल भइरहेको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए। 

समस्या समाधान पश्चात शवलाई परीक्षणको लागि फाप्लुस्थित जिल्ला अस्पताल ल्याइने भएको छ । बिहीबार अपराह्न ५.३० बजे दूधकौसीका गाउँपालिका– १ नेलेस्थित जोगरामा रेहको खहरे खोलाले बगाउँदा सोही स्थानको हिमशिखर बोर्डिाङ स्कुलमा एल केजीमा अध्ययनरत– सात वर्षीया सागर कटुवाल र कक्षा– २ मा अध्ययनरत– ८ वर्षीया रचना बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो । 

सोही खोलाले बगाउँदा दूधकौसीका गाउँपालिका– १ जोगराका २५ वर्षीया गणेश बस्नेत र सात वर्षीया सञ्जु कटुवालसमेत घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । रासस 

प्रकाशित: ९ असार २०७४ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App