coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चुनाब हुने ३५ जिल्लामा १४ गते सार्वजनिक विदा, ११ देखि १४ सम्म शिक्षण संस्था बन्द

काठमाडौं—दोस्रो चरणको निर्वाचन हुने ३५ जिल्लामा सरकारले असार १४ गते सार्वजनिक विदा दिने भएको छ। गृह मन्त्रालयका अनुसार १, ५ र ७ नम्बर प्रदेशका जिल्लाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हो।

‘निर्वाचन हुने दिन असार १४ गते तीन प्रदेशका ३५ जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको छ’, गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले नागरिकन्युजसँग भने, ‘मन्त्रिपरिषदको यो निर्णय हामीले सम्बन्धित कार्यालयहरुलाई सर्कुलर गरिसकेका छौं।’

‘निर्वाचन हुने दिन असार १४ गते तीन प्रदेशका ३५ जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको छ’, गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले नागरिकन्युजसँग भने, ‘मन्त्रिपरिषदको यो निर्णय हामीले सम्बन्धित कार्यालयहरुलाई सर्कुलर गरिसकेका छौं।’

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, उदयपुरमा असार १४ गते निर्वाचन हुँदैछ। नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दियामा पनि सोही मितिमा चुनाब हुँदैछ। बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा सोही दिन निर्वाचन हुनेछ।

‘ती जिल्लाहरुका सबै सरकारी, अर्धसरकारी र सार्वजनिक संस्थानहरुमा विदा दिने निर्णय भएको छ। पहिलो चरणको निर्वाचनमा जसरी नै यस पटक पनि विदा दिन लागिएको हो’, प्रवक्ता काफ्लेले भने।

शिक्षण संस्था ११ देखि १४ सम्म बन्द
निर्वाचन हुने ३५ जिल्लाका शिक्षण संस्थाहरु चार दिन बन्द हुने छन्। गृह प्रवक्ता काफ्लेका अनुसार असार ११ देखि १४ सम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको छ। शिक्षण संस्थाहरुमा निर्वाचन बुथ राखिने हुँदा चार दिन बन्द गर्नुपरेको उनले बताए।

निर्वाचन आयोगको सिफारिशमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन विदासम्बन्धी निर्णय गरेको थियो। विदा कार्यान्वयनका लागि मन्त्रिपरिषदले गृहलाई निर्देशन दिएअनुसार गृहले शुक्रबार सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएको छ।

गृहको सूचना
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App