ललितपुर महानगर बोर्डको निर्णय : पुल्चोक–कुपन्डोल फ्लाई ओभर निर्माण गरिने

शुक्रबार, ०९ असार २०७४, १४ : ३१ दीपक खरेल  | @DeepakKharel037


ललितपुर–ललितपुर महानगरपालिकाले पुल्चोक देखि कुपन्डोलसम्म डेढ किलोमिटर लामोे फ्लाई ओभर निर्माणका लागि औपचारिक पहल सुरु भएको छ। महानगर बोर्डले फ्लाई ओभर निर्माणगर्ने औपचारिक निर्णय गरेको हो।

पहिलो चरणमा योजना सम्भाब्यता अध्ययनका लागि परामर्सदाता छनौटको प्रक्रिया अघि बढाउने निर्णय भएको हो। कुमन्डोल बागमती पुल हुँदै काठमाडौं लिङ्क गर्नसक्ने परियोजनासँग बिस्तारका विषयमा छलफल भइरहेको छ।

‘फ्लाइ अाेभर निर्माण गर्ने भन्ने विषय उठाएका छौं। पहिलो चरणमा अध्ययनमा लागत अनुमान तथा अप्ठ्याराहरु बुझ्न थाहा हुनेछन्’, मेयर महर्जनले नागरिकन्युजसँग भने, ‘त्यसपछि कायान्वयनको चरणमा प्रवेश गर्छौं।’

महानगरले करिब डेढ किलोमिटर लामो फ्लाई ओभरलाई कुपन्डोलभन्दा अघि लैजाने वा नलैजाने बिषयमा सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी गरेको छ। जापान सरकारले माईतीघरदेखि त्रिपुरेश्वरसम्म फ्लाई ओभर निर्माणका लागि गृहकार्य गरिरहेको छ। ललितपुर महानगरले सो विषयमा जाईका  र काठमाडौं महानगरलाई औपचारिक रुपमा पत्र लेख्दैछ।

ललितपुर महानगरका प्रवक्ता रुद्रप्रसाद गौतमले बोर्डको निर्णयअनुसार प्रक्रिया अघि बढाउन छलफल भइरहेको बताए। उनका अनुसार महानगर ललितपुर बाहिर काठमाडौंले निन्तरता दिने बिषयमा छलफल भइरहेको हो। जेठ २२ को बोर्ड बैठकले फ्लाई ओभर निर्माण अध्ययनको औपचारिक निर्णय गर्दै  आन्तरिक र बाह्य गृहकार्यलाई तीब्रता दिएको हो।

‘ट्राफिक ब्यवस्थापनको समस्या समाधान र महानगरलाई सक्रिय सहर बनाउने योजना अनुसार गृहकार्य काम भइरहेको हो, महानगर बोर्डको निर्णय अनुसार हामी काम गर्दैछौं’, वरिष्ठ इन्जिनियर गौतमले नागरिकन्युजसँग भने।

महानगरले निर्माणमा प्रत्यक्ष जोडिएका सडक, खानेपानी, बिद्युत, टेलिफोन र प्रहरी तथा स्थानिय वडाहरुसँग निर्माणका बिषयमा प्रारम्भिक छलफल गरिरहेको छ।

चिरीबाबुको चुनावी नारा थियो फ्लाई ओभर

ललितपुर महानगरको मेयरका लागि नेपाली कांग्रेसका प्रत्यासी चिरीबाबु महर्जनले पुल्चोकदेखि कुपन्डोलसम्मको ट्राफिक जामको समस्या समाधान गर्न फ्लाई ओभर निर्माण गर्ने चुनावी नारा बनाएका थिए। पहिलो बोर्ड बैठकबाटै उनी वाचा पूरा गर्न केन्द्रित भएका हुन्। ललितपुरलाई काठमाडौंसँग जोडने प्रमुख लेनमा हुने अत्याधिक सवारीसाधनको चापले पछिल्लो केही वर्षयता पुल्चोकदेखि त्रिपुरेश्वर र माईतिघरसम्मको यात्रा कष्टकर छ।

‘फ्लाइ अाेभर निर्माण गर्ने भन्ने विषय उठाएका छौं। पहिलो चरणमा अध्ययनमा लागत अनुमान निकाल्ने काम हुँदैछ’, मेयर महर्जनले नागरिकन्युजसँग भने, ‘त्यसपछि कायान्वयनको चरणमा प्रवेश गर्छौं।’

साढे १३ अर्बको परियोजना

सरकारले यसअघि गरेको बबरमहल–त्रिपुरेश्वर फ्लाई ओभरको अध्ययनमा प्रतिकिलोमिटर नौ अर्व अनुमान गरेको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाईकाले गरेको अध्ययनमा उक्त रकमको प्रारम्भिक अनुमान भएको हो ।

महानगरले त्रिपुरेश्वर–माईतीघर–बबरमहलसम्मको फ्लाई ओभर निर्माणको गृहकार्य गरिरहेको जाईका सहित अन्य दातृ निकायसँग सहयोगको पहल गरिरहेको छ । जाईकाले नै त्रिपुरेश्वरलाई जक्कसन बनाएर पुल्चोकसम्म फलाई ओभर निर्माणका लागि ललितपुर महानगरले बिशेष आग्रहको तयारी थालेको हो।

उपमेयर गीता सत्यालले अनौपचारिक रुपमा जापान सरकारका प्रतिनिधिसहित अन्य दातृ निकायसँग कुराकानी भइरहेको बताइन्। ललितपुर महानगरको पर्यटन केन्द्र पुग्ने मुख्य प्रवेशद्वारमा हुनै दैनिक जाम ब्यवस्थापनका लागि फ्लाई ओभर जरुरी रहेको उनले बताइन्।

‘हामीले पहिलो चरणमा निर्माणका बिषयमा छलफल गरिरहेका छौं, औपचारिक निर्णय भइसकेको छ। दातृ निकाय तयार भए महानगर सहकार्यका लागि तयार छ,’ उपमेयर सत्यालले भनिन । उनका अनुसार महानगरमा भेटघाटमा आउने दातृ निकायका प्रतिनिधिसँग फ्लाई ओभर निर्माणबारे अनौपचारिक छलफल भइरहेको छ। केही सकारात्मक पनि छन्।









यसमा तपाईको मत

अन्य समाचार

कवि बने रंगकर्मी

कवि बने रंगकर्मी

अभिनेता, निर्देशक वा लेखक भएर रंगमञ्चमा व्यस्त भइरहने रंगकर्मीहरू सोमबार भने फरक रूपमा प्रस्तुत भए । मञ्चमा विभिन्न भूमिकामा देखिने...

भारतको पुनेमा नेपाली फिल्म

भारतको पुनेमा नेपाली फिल्म

भारतको पुनेमा आगामी साउन १३ गतेदेखि आयोजना हुन लागेको एक कार्यक्रममा नेपालका १० फिल्म देखाइने भएको छ । ‘इन द...

विवादमा 'छक्का पञ्जा २'को गीत

विवादमा 'छक्का पञ्जा २'को गीत

युट्युबमा सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै फिल्म 'छक्का पञ्जा २'को गीत 'ए दाजु नसमाऊ नारीमा' विवादमा आएको छ। प्रिन्स ...

'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक

'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक

१३ वर्षअघि निर्मित फिल्म 'ए मेरो हजुर' नाम सापटी लिँदै बनेको 'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक भएको छ। अघिल्लो...