८ वैशाख २०८१ शनिबार
समाज

पाँच लाख घुससहित बाँकेका दुई अधिकृत  पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेका दुई अधिकृतलाई नियन्त्रणमा लिएको छ । 

राजश्व अनुसन्धान मध्य पश्चिमाञ्चल तथा सुदुर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर बाँकेका अनुसन्धान अधिकृत भिम घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई ५ लाख ७० हजार घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो । 

सेवाग्राहीसँग भ्याट तथा स्टीमेट कागजपत्रहरू मिलाइदिने सम्बन्धमा घुस रकम माग गरेको भन्ने उजुरी तथा सूचनाको आधारमा अख्तियार अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट  खटिएका टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएका हुन् । 

 

प्रकाशित: ९ असार २०७४ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App