८ वैशाख २०८१ शनिबार
राजनीति

दोस्रो चरणमा कांग्रेसलाई बहुमत : निधि

विराटनगर –  नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा कांग्रेसलाई बहुमत प्राप्त हुने बताएका छन् । उनले कांग्रेस समाधान गर्ने र एमालेले द्वन्द्व निम्त्याउने पार्टी रहेको जनताले बुझिसकेकाले दोस्रो चरणको निर्वाचनमा कांग्रेस बहुमतमा आउने दाबी गरे । 

‘कांग्रेस द्वन्द्वलाई समाधान गर्ने पार्टी हो,’ शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै नेता निधिले भने, ‘एमाले द्वन्द्व चर्काउने र संविधानलाई कार्यान्वयन हुन नदिने पार्टी हो भनेर जनताले बुझिसकेको छ ।’ स्थानीय तहको दोस्रो चरणको चुनावमा मोरङ जिल्लाको कमान्ड सम्हालेका कांग्रेस नेता निधिले पहिलो चरणको चुनाव हुने/नहुने भ्रम रहेकाले कांग्रेसले सोचेअनुसारको नतिजा ल्याउन नसकेको बताए । 

‘दोस्रो चरणको चुनावमा कांग्रेस सम्पूर्ण तयारी र शक्ति लगाएको छ,’ उनले भने, ‘बागी, बिद्रोही र स्वतन्त्र सबैको विश्वास अहिले कांग्रेस मै छ ।’ उनले विराटनगरको सबै स्थानीय तह कांग्रेसले जित्ने दाबी पनि गरे। 

प्रकाशित: ९ असार २०७४ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App