६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

पाकिस्तानमा बम विस्फोट, ११काे मृत्यु

पाकिस्तान – पाकिस्तानको दक्षिणपश्चिमी सहर क्वेटामा शुक्रबार भएको एक विस्फोटमा परीमा कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ । 

साथै सो बिस्फोटबाट २० जना घाइते भएका छन् । सो समाचार सरकारी अधिकारीहरुले शुक्रबार दिएका छन्। 

बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटा सरहमा रहेको प्रहरीको प्रमुख कार्यलय अगाडि सो विस्फोट भएको जनाइएको छ । यस आक्रमणमा मारिनेहरुमा चार प्रहरी अधिकारी पनि रहेका छन्। 

बलुचिस्तान प्रान्तमा पृथकतावादी र इस्लामिक आतङ्ककारी समूहको बलियो प्रभाव रहेको पाइन्छ । विस्फोट भएको इलाकाबाट ११ व्यक्तिको शव ल्याइएको नागरिक अस्पतालका प्रमुख फारेद अहमदले एएफपी समाचार समितिलाई बताएका छन्। 

यस विस्फोटमा परी घाइते भएका २० मध्ये ३ जनाको अवस्था गम्भीर भएको जनाइएको छ । शुक्रबार विहान सवेरै दिइएको जानकारी अनुसार यस आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको थियो। 

केही समयपछि यो सङ्ख्या बढेर ११ पुगेको जनाइएको छ । घाइतेहरुमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न पनि सक्ने अनुमान गरिएको छ। 

यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । प्रहरीले विस्फोट गराउने व्यक्तिको खोजी गरिरहेको जनाएको छ । 

प्रकाशित: ९ असार २०७४ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App