४ वैशाख २०८१ मंगलबार
समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

लहान – सिरहाको मिर्चैया नगरपालिका– ३ राघोपुरस्थित डुमरीनहर सडक खण्डमा आज बिहान अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

स १ त ४७३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सनाखत हुन नसकेका अन्दाजी १८ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सडक छेउमा अनियन्त्रित भई ट्याक्टर पल्टिँदा किचेर युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार सारदा उमाशङ्कर स्मारक अस्पातलमा पठाइएको छ, भने फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: १० असार २०७४ ०७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App