coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

अनिद्राको ओखती

–डा. योगी विकासानन्द
भोजन, व्यायाम, सकारात्मक सोच, प्रकृतिसँगको सान्निध्य र निद्रा स्वास्थ्यका प्रमुख आधार हुन् । त्यसमा पनि निद्रा सबैभन्दा केन्द्रीय पक्ष हो । निद्रा प्राकृतिक ‘मेडिटेसन’ र ‘मेडिकेसन’ (औषधि) हो । यो बिग्रियो भने यसले जीवनका अन्य सबै पक्षमा असर पार्छ । आइन्सटाइन सात घण्टा सुत्थे भने पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन पाँच घण्टा सुत्थे । कति सुत्नुपर्छ ? भन्ने कुरा व्यक्तिअनुसार फरक हुन्छ । तर, सामान्यतया सातदेखि १० घण्टा सुत्नु आवश्यक छ । बिहान निद्रा स्वाभाविक रूपमा खुल्यो र ‘फ्रेस’ महसुस भयो भने निद्रा पुगेको बुझ्नुपर्छ ।
सुत्ने स्थल
निद्राका लागि सुत्ने स्थानको ठूलो अर्थ रहन्छ । निद्रा लाग्न शरीरमा ‘मेलाटोनिक’ र ‘एड्नोसेन’ भन्ने हार्माेन ‘रिलिज’ हुनुपर्छ । मेलाटोनिक रिलिज हुन गाढा अँध्यारो अवस्थाको आवश्यकता पर्छ । कोठामा थोरै पनि उज्यालो रह्यो भने मेलाटोनिक रिलिज हुँदैन । त्यसैले कोठामा पर्दा सँगसँगै ‘ब्लिंकर’ लगाउन सकिन्छ । कोठाको तापमान सन्तुलित हुनुपर्छ र ध्वनि प्रदूषण हुनु हुँदैन ।
व्यायाम
एड्नोसेन शरीरमा रिलिज हुन थकाइ लाग्नुपर्छ । थकाइका लागि शारीरिक श्रमको आवश्यकता पर्छ । निद्राका लागि दिनमा कम्तीमा पनि ९० मिनेट शारीरिक श्रम गर्नु जरुरी छ । योगासनमार्फत पनि अनिद्रा नियन्त्रण गर्न सकिन्छ ।
योगासन
शशांकासन
अनिद्राको समस्या भएकाहरूले राति सुत्नुअघि शशांकासनमा बस्दा निद्रा लाग्छ । सामान्यतया  शशांकासनमा १० मिनेटजति बस्दाबस्दै निद्रा लाग्छ ।
-    बिस्तारै हात तान्दै दुवै हात कम्मरमाथि लैजाने र पेट तन्काउने तथा आँखाले माथि हेर्ने ।
- टाउको तथा पाखुरा भुइँमा टेकाउने र पूरै शरीरलाई हल्का छाडिदिने ।
पद हस्तासन
श्वास तान्दै दुवै हात माथि उठाउने र श्वास छाड्दै दुवै हात तथा शरीरलाई अगाडि झुकाएर दुवैै हातले पिडौँलामा समाउँदै टाउकोले घुँडा छुने ।
-  टाउकोले घुँडा छुन गाह्रो भए हातले गोडाको पैताला, औँला छुन कोसिस गर्ने ।
-  निश्चित समय बसिसकेपछि बिस्तारै श्वास तान्दै शरीर र  हातलाई माथि उठाउने ।
भ्रामरी प्राणायाम
भमराको जस्तो आवाज निकालेर गरिने हुनाले यसलाई भ्रामरी प्राणायाम भनिएको हो । सहज रूपमा बसेर पेट र छाती फुलाएर श्वास तान्ने अनि भमरा भुनभुनाएजस्तो गुनगुनाउँदै नाकको प्वालबाट बाहिर श्वास फाल्ने । सामान्यतः भ्रामरी प्राणायाम १० मिनेट गर्न सकिन्छ ।
भोजन  
–बिहानको खानामा हामीले गहुँ र जौ खानुपर्छ । गहुँ र जौले जागरुक बनाउँछ । जागरुकतामा निद्रा लाग्दैन । बेलुकाको खानामा भात खानुपर्छ । किनकि, चामलमा मेलाटोनिक पाइन्छ, जसले निद्रा लाग्न सहयोग पु¥याउँछ । तर, हामी बिहान चामलको भात र बेलुका गहुँको रोटी खाइरहेका हुन्छौँ । यसलाई परिवर्तन गर्नु जरुरी छ ।
–बेलुका दूध, केरा र मह खाने गर्नुस् ।
–बेलुका प्रोटिन भएका खाना कम खाने ।
–केराबाहेकका फलफूल बेलुका सकेसम्म नखाने ।
–खानामा प्याज अनिवार्य खाने ।

 

प्रकाशित: १० असार २०७४ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App