८ वैशाख २०८१ शनिबार
राजनीति

जनलहर काँग्रेसको पक्षमा छः नेता सिटौला

बनियानी (झापा)-  नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन्।

झापाको भद्रपुरमा आज अगुवा कार्यकर्तासँगको भेटघाटमा उनले जनलहर काँग्रेसको पक्षमा देखिएकाले काँग्रेस पहिला शक्ति बन्ने दावी गरे।

नेता सिटौलाले ‘मुलुकको आर्थिक समृद्धि काँग्रेसले मात्र गर्नसक्छ भन्ने जनताले बुझेका छन्, त्यसैले काँग्रेस पक्षमा जनलहर बढेको छ’ बताउँदै “काँग्रेसका विरोधीले घातप्रतिघातको हल्ला मच्चाएका छन्, यसको पछाडि नदौडनुहोस्, पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै एक्तावद्ध भएर लाग्न अनुरोध गरे।”

आफूलाई योद्धा बताउने तर हराउन पर्दा पछाडि भूमिका खेल्ने काँग्रेस नभएर अन्य दलका एजेन्ट भएको उल्लेख गर्दै उनले भने– ‘निर्वाचनमा पार्टी हराएर विपक्षी जिताउने खेलमा लाग्नु दूर्भाग्यपूर्ण छ’।

सिटौलाले भने, “सबै कार्यकर्ता एक ढिक्का हुनुहोस्, जीत सुनिश्चित छ ।”

यसैबीच, दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नेपाली काँग्रेस भद्रपुर नगरसमितिले घरदैलो अभियान सम्पन्न गरेको छ।

असार १४ गते हुने चुनावका लागि दुई महिना अघिदेखि सञ्चालित उक्त अभियान आज भद्रपुरमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । नगरको १० वटै वडामा घरदैलो अभियानअन्तर्गत प्रचारप्रसार कार्यक्रमलाई समापन गरिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिए।  रासस

प्रकाशित: १० असार २०७४ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App