१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

क्यान्सर पीडित युवतीलाई आर्थिक सहयोग

गोरखा- मेरुदण्डको क्यान्सरबाट पीडित गोरखाको आरुघाट गाउँपालिका १ कि प्रिया गुरुङलाई स्थानीयले आर्थिक सहयोग गरेका छन्। गोरखा सदरमुकाम बस्दै आएका मान्बुका स्थानीयले उद्योगी, ब्यवशायी र सर्वसाधारणबाट जुटाएर शनिवार एक लाख छ हजार छ सय रुपैयाँ सहयोग गरेका पीडितका आफन्त माधब खनालले बताए। 

गुरुङको उपचारका लागि गोरखामा रहेको सेन्ट मेरिज विद्यालयले ४० हजार तीन सय ७० रुपैयाँ र रोटरी क्लव अफ गोरखाले पाँच हजार सहयोग गरेको छ । गुरुङको राजिब गान्धी अस्पताल दिल्लीमा उपचार भईरहेको छ । उपचारका लागि १५ लाख भारतीय रुपैयाँ लाग्ने भएपछि सर्वसाधारण र आफन्त चिन्तित छन् । सहयोगका लागि बिभिन्न संघ संस्था र  ब्यक्तीलाई पनि अनुरोध गरिएको आफन्त खनालले बताए।

प्रकाशित: १० असार २०७४ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App