coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवा भन्सारमा पहिलोपटक एजेन्टको नियुक्ति

रसुवा- व्यापारिक कारोबार सञ्चालन भएको लामो समयपछि रसुवागढी नाकामा पहिलोपटक भन्सार प्रतिनिधिको व्यवस्था भएको छ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुका अनुसार भन्सार विभागले धनगढीका नरेन्द्रप्रसाद जोशीलाई नियुक्ति गरी पठाएको र जोशीले आफ्नो जिम्मेवारी सम्हालि सकेका छन्।

अब व्यापारी व्यवसायीले चीनबाट मगाएका मालवस्तुको परिमाण भन्सार प्रतिनिधिले घोषणा गर्ने र भन्सार हातामा सामान जाँच गरी छिटोछरितो आफ्नो गन्तव्यतर्फ पठाउन सहज हुने बताइएको छ।

भन्सार प्रतिनिधिले व्यापारीको सामग्री सुरक्षा र जाँच परीक्षणमा सहजीकरण गरी पुलको काम गर्ने, आयात गरिएका मालवस्तु तलमाथि भएमा प्रतिनिधि जवाफदेही हुने भन्सारका कर्मचारीको भनाइ रहेको छ।

चीनको केरुङबाट जुत्ता चप्पल, थर्मस, विद्युतीय उपकरण, तयारी कपडा, रोल कपडा, स्याउ, बच्चाका खेलौनालगायत विविध सामग्री आउने गरेको र सामान आउनासाथ सबै चिजको परीक्षण एवम् राजस्व असुल गरी राजधानी पठाउने गरेको प्रमुख भन्सार अधिकृत पनेरुले जानकारी दिए। रासस
 

 

प्रकाशित: १० असार २०७४ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App