coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

सडक पेटीमा मनलाग्दो व्यापार

कोहलपुर- नगर क्षेत्रका सडक पेटीमा व्यापारिक सामान राख्न निषेधित गरिए पनि कोहलपुरमा भने मनलाग्दो व्यापार भइरहेको छ। फुटपाथमा व्यापार हटाउन नगरपालिका र ट्राफिक प्रहरीले अभियान चलाए पनि सडक पेटीमा हुने व्यापार कम हुन सकेको छैन। कोहलपुरका मुख्य बजार, चारलेन सडक, न्यूरोड, बसपार्क, दस बिघा क्षेत्रमा निर्माण सामग्री र ठेलाजस्ता फुटपाथ व्यापार मौलाएको छ। 
कोहलपुर क्षेत्रमा व्यवसायीले सडक पेटी ओगट्ने क्रम बढेको छ। फुटपाथमा फेन्सी, फर्निचर, श्रृङ्गार, खाद्यान्न, पुस्तक पसल राखिएका छन्। सडक पेटीमा हुने व्यापार रोक्न नगरपालिका र क्षेत्रीय ट्राफिकले पूर्ण प्रतिबन्ध लगाए पनि व्यस्त बजारका सडक पेटीमा गरिएको व्यापारले पैदल यात्री तथा सवारी चालकले सास्ती खेप्नु परेको छ। कोहलपुर–नेपालगन्ज चारलेन सडक, न्यूरोड र बसपार्कमा मनलाग्दो व्यापारले पैदल यात्रुले सास्ती खेप्नु परेको कांग्रेस नगर सचिव भुमबहादुर भण्डारीले बताए। 'चारलेन सडक, न्यूरोड, मेडिकल कलेज, एनटिभी, बसपार्कका सडक पेटीमा सामान बिक्री, गोदाम गर्ने, निर्माणका ढुङ्गा, गिट्टी, बालुवा राखेर व्यक्तिगत जस्तै प्रयोग भएको छ,' उनले भने, 'अधिकार पाएका नगरपालिका र ट्राफिक प्रहरीलाई मतलब छैन।' नगरपालिका क्षेत्रको सडक र पेटी व्यक्तिगत प्रयोग बढ्दा सवारी साधन र सर्वसाधरणले दुःख पाएको उनले बताए। सडक पेेटीबाट हिँड्न नमिल्ने गरी व्यापारिक कारोबार भएका छन्। कोहलपुरलाई सुन्दर र हरित सहर बनाउनका लागि फुटपाथ नियन्त्रण महŒवपूर्ण हुने भए पनि व्यवसायीको अटेरी गरिरहेका छन्। सरोकार निकाय पनि मौन छ। 
कोहलपुर नगरपालिका कार्यकारी अधिकृत माधवप्रसाद शर्माले चालू आर्थिक वर्षको मसान्त लागेकाले सडक, फुटपाथ व्यापार र सामान हटाउने काम थालनी गर्न नसकेको बताए। 'नगरपालिकाको बैठकमा यो विषयमा छलफल गरेका छौँ,' उनले भने, 'छिट्टै ट्राफिक प्रहरी र व्यापारसँग समन्वय गरी व्यापारीलाई हटाउन पत्रचार गर्छौं।' नियमित अनुगमनका लागि नगरपालिकासँग पर्याप्त कर्मचारीको अभाव भएको बताउँदै आएको छ। खुलेआम सडक, पेटीमा व्यवसाय र सामग्री थुपार्नेहरू कारबाहीको दायरामा आउन सकेका छैनन्। सडक पेटी अगाडि रहेका घरधनी र व्यवसायीले फुटपाथ व्यापार गरेका छन्।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका डिएसपी राजेन्द्रसिंह खड्काले नगरभित्र सडक तथा पेटीमा व्यापार गर्ने सामान राख्ने चलन सामान्य जस्तै भएको बताए। 'हामीले सम्बन्धित व्यापारी र घरधनीलाई फुटपाथ व्यापार र निर्माण सामग्री हटाउन पत्राचार गरेका छौं,' उनले भने, 'एक साताभित्र नहटाए डोजर प्रयोग गरि हटाउँछौं।' जेठ ३२ गते ट्राफिक प्रहरी परिचालन गरी पत्राचार र सचेत पारेको बताउँदै उनले साता दिनमा नहटाए डोजरले हटाउने बताए। कसैले पनि सडक, पेटी अवरुद्ध गर्न नपाउने भन्दै उनले अटेर गरे बल प्रयोग गरी हटाउने र कारबाहीको दायरामा ल्याउने बताए। सडक व्यापारले खासगरी बाटोमा हिँड्नेलाई समस्या परेको छ। 
 

प्रकाशित: ४ असार २०७३ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App