coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अवैध आयुर्वेद औषधि बेच्न प्रतिबन्ध

कालीकोटको मान्म बजारमा बाहिरबाट व्यापारीले बिक्री गर्दै गरेको जडीबुटी औषधि । तस्बिर : पवित्रकुमार शाही

कालिकोट – जिल्लामा अवैध रुपमा आयुर्वेदिक औषधि र जडीबुटी व्यापार गर्न प्रतिबन्ध लगाइएको छ । प्रमाण र मापदण्डबिनाका जडीबुटी र आयुर्वेदिक औषधि बिक्री हुन थालेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले बिक्री वितरणमा रोक लगाएको हो ।

स्वास्थ्य क्षेत्रको जानकारीबिना नै गाउँगाउँमा विभिन्न आयुर्वेद कम्पनीका औषधि र जडीबुटीको व्यापारले स्वास्थ्य क्षेत्रमा समस्या देखिन थालेपछि केन्द्रले कदम चालेको हो ।

दूरदराजका गाउँ र बजारमा एउटा जडीबुटीलाई अर्कै र एउटा रोगको बिरामीलाई अर्कै औषधि दिएको पाइएपछि रोक लगाइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मीप्रसाद पाण्डेले बताए । ‘अवैध, आयुर्वेद केन्द्रबाट अप्रमाणित तथा ब्रान्डबिनाका औषधिले स्वास्थ्य क्षेत्रमा समस्या आएको छ,’ उनले भने, ‘त्यसैकारण त्यसको बिक्री वितरणमा रोक लगाइएको हो ।’

गाउँघरमा सिजाजित, हर्बल चुर्ण लगायत औषधिले विभिन्न समस्या समाधान हुने भन्दै ल्याब परीक्षण नगरिएका र अप्रमाणित औषधि बेचबिखन भइरहेको छ । यसले नागरिक स्वास्थ्यमा खराबी आएका कारण कागजातबिनाका औषधि रोक्नुपरेको निमित्त प्रमुख पाण्डेले बताए । 

उनी भन्छन्, ‘नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने कसैको अधिकार छैन ।’ सदरमुकाम मान्ममा प्रायः जसो अवैध औषधि आउने गरेको छ । केन्द्र कडाइका साथ लागेपछि हाल अवैध औषधिको कारोबारमा कमी आएको पाण्डेको दाबी छ । 

 

प्रकाशित: ११ असार २०७४ ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App