७ वैशाख २०८१ शुक्रबार
समाज

विद्यालय गइरहेका प्रअमाथि गोली प्रहार, स्थिति चिन्ताजनक

काठमाडौं—लक्ष्मीनिया गाउँपालिका–२ स्थित सिनुरजोडा जाने बाटोमा आइतबार सिनुरजोडा माध्यमिक बिद्यालयका प्रधानाध्यापक नरेन्द्र शर्मामाथि गोली प्रहार भएको छ। धनुषा, जनकपुर उपमहानगरपालिका–७ बस्ने ४६ वर्षीय शर्मा लागेपछि ढलेका थिए। मोटरसाइकल अनियन्त्रित भएर लडेको थियो।

शर्मा सोही बिद्यालयका शिक्षक आनन्दकुमार मण्डलले चलाएको ना.२९ प ८४०३ नम्बरको मोटरसाइकलमा  सवार थिए। नम्बर मोटरसाइकलमा आएका अपरिचित ब्यक्तिले गोली हानी फरार भएको प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने व्यक्तिले कालो रंगको मोटरसाइकल चढेको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरुले प्रयोग गरेको मोटसाइकल नम्बर खुल्न सकेको छैन।

तत्काल घटनास्थलमा खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाएको छ। बायाँ गालामा १ राउण्ड गोली लागेका शर्माको अवस्था गम्भीर छ।

गोली प्रहार गर्ने ब्यक्तिको खोजी भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रकाशित: ११ असार २०७४ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App