बार्सिलोनाका बसमा दिइनेछ नेपाल भ्रमणको निम्तो

आइतबार, ११ असार २०७४, १४ : ०९ नागरिक


काठमाडौं—स्पेनको पर्यटकीय शहर बार्सिलोनामा यस सिजनमा आउने करिब १० लाख पर्यटकले नेपाल भ्रमणको निम्तो पाउने भएका छन्। स्पेनमा रहेका नेपालीहरुको समुहले बार्सिलोनका प्रमुख पर्यटकिय रुटमा गुडने  लोकल बसहरुमा भिजिट नेपाल लेखिएका पोस्टरहरु टास्ने भएका हुन्।

बार्सिलोनाका चार रुटमा गुड्ने अटोबसमा पोस्टर राख्ने तयारी भइरहेको हो। स्थानीय ट्रम्प, मेट्रो र बस प्राधिकरण(टिएमबी अथोरिटी) सँग पहिलो चरणमा १५ दिन शुल्क दिएर विज्ञापनको सहमती भएको खरेलले जानकारी दिए।

कार्यक्रमको समन्वय गरिरहेका नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले स्पेनमा आउने विश्वभरका पर्यटकले नेपालका सुन्दर तस्विर सहितको निमन्त्रणाले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए। उनका अनुसार जुलाई र अगस्तमा स्पेनमा समुन्द्रको आन्नद लिन विश्वभरका पर्यटक नेपाल आउछन्।

बार्सिलोनाका चार रुटमा गुड्ने अटोबसमा पोस्टर राख्ने तयारी भइरहेको हो। स्थानीय ट्रम्प, मेट्रो र बस प्राधिकरण(टिएमबी अथोरिटी) सँग पहिलो चरणमा १५ दिन शुल्क दिएर विज्ञापनको सहमती भएको खरेलले जानकारी दिए।

जुलाई दोस्रो सातादेखि अगष्ट महिनासम्म बार्सिलोनामा गुड्ने चार वटा लोकल बसहरुमा नेपालको पर्यटन प्रवर्द्धनका लागि पोस्टरहरु टाँसिने छन् । विज्ञापनका लागि खर्च स्पेनमा रहेका नेपालीहरुले गर्नेछन्। विज्ञापनका लागि  करिव २ लाख ५० हजार रुपैयाँ (२ हजार १ सय ९० यूरो ) शनिबारसम्म संकलन भइसकेको छ।

‘स्पेनमा विश्व कै पर्यटकीय गन्तब्य शहर बार्सिलोनाका लोकल गाडीहरुमा नेपालको नाम जोड्न पाउनु सबैका लागि गौरवको बिषय हो, अन्य देशमा समेत यो प्रयासको थालनी होस भन्ने सन्देश हो,’ खरेलले नागरिकन्युजसँग भने।

तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।









यसमा तपाईको मत

अन्य समाचार

कवि बने रंगकर्मी

कवि बने रंगकर्मी

अभिनेता, निर्देशक वा लेखक भएर रंगमञ्चमा व्यस्त भइरहने रंगकर्मीहरू सोमबार भने फरक रूपमा प्रस्तुत भए । मञ्चमा विभिन्न भूमिकामा देखिने...

भारतको पुनेमा नेपाली फिल्म

भारतको पुनेमा नेपाली फिल्म

भारतको पुनेमा आगामी साउन १३ गतेदेखि आयोजना हुन लागेको एक कार्यक्रममा नेपालका १० फिल्म देखाइने भएको छ । ‘इन द...

विवादमा 'छक्का पञ्जा २'को गीत

विवादमा 'छक्का पञ्जा २'को गीत

युट्युबमा सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै फिल्म 'छक्का पञ्जा २'को गीत 'ए दाजु नसमाऊ नारीमा' विवादमा आएको छ। प्रिन्स ...

'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक

'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक

१३ वर्षअघि निर्मित फिल्म 'ए मेरो हजुर' नाम सापटी लिँदै बनेको 'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक भएको छ। अघिल्लो...