coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हेलिकप्टरमार्फत् गर्भवतीको उद्धार

बाजुरा—सुत्केरी व्यथाले छटपटाइरहेकी गोत्रीकी फुलटुका ढोलीलाई हेलिकप्टरमार्फत् उद्दार गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराको पहलमा ढोलीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइएको हो।

पाण्डवगुफा गाउँपालिका अन्र्तगत साविक गोत्री ७ की फुलटुका ढोली चार दिनदेखि सुत्केरी ब्यथाले घरमै छट्पटाइरहेकी थिइन। गाउँमा रहेको गोत्री स्वास्थ्य चौकीमा सुत्केरी गराउन लैजाँदा त्यहाँ सम्भव भएन।

सदरमुकाम मार्तडीबाट गोत्री पुग्न दुई दिन बढीको पैदल यात्रा गर्नुपर्छ। आर्थिक समस्याले घरमै ज्यान जोखिममा राखेर पीडा सहन बाध्य उनलाईस्वास्थ्य कार्यालयको पहलमा उद्दार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए।

सदरमुकाम मार्तडीबाट गोत्री पुग्न दुई दिन बढीको पैदल यात्रा गर्नुपर्छ। आर्थिक समस्याले घरमै ज्यान जोखिममा राखेर पीडा सहन बाध्य उनलाईस्वास्थ्य कार्यालयको पहलमा उद्दार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए।

विपन्न दलित परिवारकी ४१ वर्षीया फुलटुका सुत्केरी हुन नसक्दा जोखिममा पुगेको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयको पहलमा आइतवार विहान सिम्रिक एयरको हेलिकोप्टर गाउँमै अवतरण गराएर नेपालगञ्ज पठाइएको कार्यालय प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताए।

फुलटुकालाई बिहीबार सुत्केरी ब्यथा सुरु भएको थियो। एक दिन घरमै पर्खदा सुत्केरी हुन नसकेपछि उनका पति जयलालले दोस्रो दिन स्वास्थ्य चौकी पुर्याएका थिए। स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले प्रसुति गराउन सकेनन्। उनलाई अन्यत्र लैजान सिफारिश गरे। पारिवारिको आर्थिक अवस्था कमजोर भएकाले त्यही थन्किएकी थिइन्।

फुलटुकाको यो छैटौं गर्भ हो। ‘हाम्रो पहलमा परिवार स्वास्थ्य महाशाखाले ४ लाख ५० हजार आर्थिक सहयोग गर्ने आश्वासन दिएपछि फुलटुकाको उद्धार सम्भव भएको हो’, डा. बिकले भने। पाठेघर खुलेको भएपनि बच्चा पाउन सकेको थिइनन्, उनको अवस्था जोखिमपूर्ण स्वास्थ्य बिभाग र क्षेत्रिय स्वास्थ्य निर्देशनालयको समन्वयमा जिल्ला स्वास्थ्य कार्यलय बाजुराले उद्दार गरेको हो।

हेल्किप्टर ४ लाख ५० हजारमा चार्टर गरिएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यलय बाजुरा र क्षेत्रीय स्वास्थ्य निर्देशनालायको पहलमा परिवार स्वास्थ्य महाशाखाले रकम भुक्तानी गर्ने दुर्गा बजगाईले बताइन्।

सुत्केरीलाई भेरी अञ्चल अस्पतालमा पु¥याइ मसिनमार्फत् सकुशल बच्चा निकालेको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख डा.रुपचन्द्र विश्वकर्माले बताए। बच्चाको अबस्था भने जटिल रहेको छ भने, आमाको अबस्था राम्रो रहेको बिश्कर्माले वताए। सन्तान पाएका मध्ये तीन बच्चाको मृत्यु भइसकेको थियो।

प्रकाशित: ११ असार २०७४ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App