८ वैशाख २०८१ शनिबार
समाज

कालिखोलामा फेरि पहिरो, नारायणगढ-मुग्लिन राजमार्ग अवरुद्ध

गत बिहीबार राति गएको पहिरोले बगाएको ट्रक। तस्विरः रमेश

चितवन- निर्माणधीन नाराययणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा आइतबार अपरान्ह फेरि पहिरो गएको छ। सवा ३ बजे पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको छ।

४ देखि ११ मिटर अग्लो पहिरो खस्दा सडकको ४० मिटर लम्बाई ढाकेको नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले नागरिकन्युजलाई बताए। पहिरोले राजमार्ग अवरुद्ध पारेपछि सवारी आवात-जावत बन्द भएको छ।

४ देखि ११ मिटर अग्लो पहिरो खस्दा सडकको ४० मिटर लम्बाई ढाकेको नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले नागरिकन्युजलाई बताए। पहिरोले राजमार्ग अवरुद्ध पारेपछि सवारी आवात-जावत बन्द भएको छ।

बिहीबार राति सोही ठाउँमा पहिरो जाँदा २० घन्टा सडक अवरुद्ध भएको थियो। चारजना प्रहरी रहेको गाडी  पुरिएको थियो। दुईजनाको शव शुक्रबार बिहान फेला परेको थियो। बिहीबार राति ११ बजे कालीखोलाभन्दा केही पर गएको पहिरो खुलाएर फर्कने क्रममा राति एक बजे प्रहरीको गाडी अर्को पहिरोमा परेको थियो।

पहिरोमा परी प्रहरी सहायक निरीक्षक (असई) निश्चलकुमार तमाङ र जवान दीपककुमार मास्केको शव शुक्रबार बिहान फेला परेको हो। पिकअप भ्यानसँगै त्यसमा रहेका अन्य दुईजना प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङको अवस्था अज्ञात छ।

राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको बनाउने काम भइरहेको छ।

यसअघि गत चैत २१ गते सोही सडक खण्डको घुमाउनेमा सुक्खा पहिरो खस्दा दुईजनाको ज्यान गएको थियो। वर्षायाम सुरु भएसँगै पहिरोको समस्या थपिएको छ। सडक फराकिलो बनाउन ठाउँठाउँमा पहाड काटिएको छ। त्यही पहाड काटेको ठाउँमा पहिरो खस्थ थालेको हो।

प्रकाशित: ११ असार २०७४ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App