८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस र माओवादी एमालेसँग डराए: अध्यक्ष ओली

बुटवल- एमाले अध्यक्ष केपी ओलीले एमालेको पक्षमा चुनावी लहर देखेर कांग्रेसले माओवादी र जनमुक्तिसंग तालमेल गरेको बताएका छन्।

‘एमाले विरुद्ध जो जो मिले पनि चुनाव हामीले जित्छौं— रुपन्देहीको बुटवल र तिलोत्तमामा आयोजित चुनावी आमसभामा बोल्दै उनले भने।

सबैभन्दा ठूलो पार्टी भन्ने तर अरुसंग भिड्न एक्लै नसक्ने अवस्थामा कांग्रेस पुगेकोले उसले मुलुकको नेतृत्व पनि गर्न नसक्ने ओलीले बताए । ‘एमाले चुनावमा उत्साहित भएर लागेको छ, जनताको पनि साथ छ । मुलुकको नेतृत्व पनि एमालेले नै गर्छ—उनले भने।

कांग्रेस—माओवादी केन्द्रले पाँच नम्बर प्रदेश टुक्रिने गरी संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको बताउँदै उनले एमालेले त्यसलालई विफल पार्ने बताए । ‘एमाले तपाईको साथमा छ,तपाईहरु एमालेको साथमा हुनुहुन्छ, कांग्रेस माओवादीले गर्ने सबै खालका गलत क्रियाकलापको हामीले भण्डाफोर गर्छौ—ओलीले भने ।

लोकतन्त्रको रक्षा र मुलुकमा समृद्धिको मुहान फुटाउने काम एमालेले मात्रै गर्ने उनले बताए ।उनले बुटवललाई महानगरपालिका बनाउन एमालेले प्रस्ताव गरेको तर कांग्रेसले नमानेकाले संभव नभएको बताए। ‘बुटवललाई महानगरपालिका बनाउनुपर्छ,एमालेलाई जिताउनुस्—उनले भने।

 

प्रकाशित: ११ असार २०७४ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App