१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'निर्वाचन गतिविधि आचारसंहिताविपरीत'

काठमाडौं- राजनीतिक दलहरूले निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसार गरेको पाइएको छ। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) को संयोजनमा गरिएको स्थलगत अध्ययनबाट यस्तो देखिएको हो।

तीनवटै संस्थाबाट संयुक्त रुपमा आइतबार पत्रकार सम्मेलन गर्दै अधिकांश उम्मेदवारले आर्थिक सीम नाघी प्रचारप्रसारमा खर्च गरेको जानकारी दिए। नियोगको अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ, जियोकको अध्यक्ष हिमालयशमशेर जबरा र संकल्पको अध्यक्ष लिली थापा छन्।

 निर्वाचन कानुनले प्रत्येक उमेदवारलाई खर्च गर्न पाउने आर्थिक सीमा तोकेको छ। अध्ययनले तोकिएको सीमाभन्दा माथि गएर खर्च गरिएको देखाएको छ। दलले गाडी, मोटरसाइकल, झन्डा, गन्जी, भोजभतेर खर्चमा प्रति दिन ७० हजारसम्म खर्च गरेका छन्।

तराईका अधिकांश जिल्लामा भारतीय प्लेटका गाडी प्रयोग गरी र्‍याली आयोजना गरेको पाइएको छ।

निर्वाचनपूर्वको वातावरण पर्यवेक्षणका क्रममा हत्या, अपहरण, विस्फोट, दुर्व्यवहार, धरपकड, आक्रमण, तोडफोड र अन्य थुप्रै घटना भएको ती पर्यवेक्षण संस्थाले जनाएका छन्।

आचारसंहिता कडाइका साथ पालन गर्ने–गराउने कार्य कमजोर देखिएको उनीहरुले जनाएका छन्। तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा आइतबार मतदान हुँदैछ।

प्रकाशित: १२ असार २०७४ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App