८ वैशाख २०८१ शनिबार
अन्य

रातमा सोलार बत्तीको झिलिमिली

काठमाडौं महानगरका सबै क्षेत्रलाई सोलार बत्तीमार्फत रातको समयमा झिलिमिली बनाइने भएको छ । 

अहिले केही क्षेत्रमा मात्र जडान भएका सौर्य बत्तीलाई महानगरभर फैलाएर झिलिमिली पारिने भएको हो । महानगरका मुख्य सडकका अब रातभर उज्यालो हुनेछ । त्यसका लागि कुल १ हजार २ सय ८५ सोलार बत्ती जडान गरिनेछ । 

‘उज्यालो काठमाडौं’ कार्यक्रमअन्तर्गत मुख्य–मुख्य सडकमा सोलार बत्ती जडान गर्न लागिएको हो । सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणामा तीनवटा खण्डमा धमाधम सोलार बत्ती जडान भइरहेको छ ।

महानगरका मुख्य सडकका अब रातभर उज्यालो हुनेछ । त्यसका लागि कुल १ हजार २ सय ८५ सोलार बत्ती जडान गरिनेछ । 

सोलार बत्ती जडानका लागि काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी एकाई र बिके टे«डर्स एन्ड सप्लायर्स बीच गत कात्तिकमा सम्झौता भएको थियो । सम्झौता अनुसार आगामी कात्तिकसम्म तीनवटै खण्डमा सोलार बत्ती जडान भइसक्नेछ । 

महानगरपलिका सार्वजनिक तथा निजी साझेदारी एकाईका योजना अधिकृत रमेश घिमिरेका अनुसार हालसम्म पाँच सय ५० वटा सोलार बत्ती जडान गरिएको छ । उनका अनुसार ज्ञानेश्वर, रातोपुल, बत्तिसपुतली, गौशाला, चावहिल, कमलादी, अनामनगर, माइतीघर, बानेश्वर, कोटेश्वर, जडिबुटीलगायत क्षेत्रमा सोलार बत्ती जडान भइसकेको छ । 

सोलार बत्ती जडानमा महानगरपालिकाले रकम खर्च गर्दैन । पहिलो खण्डमा कंलकी, त्रिपुरेश्वर, थापाथली चोक, माइतीघरलगायत ठाउँमा सोलार बत्ती जडान हुँदैछन् । यसैगरी केशर महल, ठमेल, क्षेत्रपाटी, सोह्रखुट्टे, बालाजु र नयाँबसपार्क क्षेत्रमा चार सय सोलार बत्ती जडानको लक्ष्य छ । 

दोस्रो खण्डअन्तर्गत दरबारमार्ग, काठमाडौं प्लाजा, कृष्ण पाउरोटी, ज्ञानेश्वर, गौशाला, मैतीदेवी, बत्तिसपुतली, डिल्लीबजार क्षेत्रमा तीन सय सोलारबत्ती जडान भइरहेका छन् । तेस्रो खण्डअन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल, नयाँ बानेश्वर, शंखमूल, तिनकुने, कोटेश्वर, जडीबुटी,  नरेफाँट क्षेत्रमा बत्ती जडान हुनेछन् । यसै खण्डअन्तर्गत अनामनगर, हनुमानस्थान, बिजुली बजार, नयाँ बानेश्वर, गौशाला, चावहिल, चुचेपाटी, बौद्ध र जोरपाटी क्षेत्रमा ५ सय ८५ सोलार बत्ती जडानको योजना महानगरपालिकाको छ । 

‘सोलार बत्ती जडान गर्न आफैं लगानी गर्नुपर्दैन,’ महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘सार्वजनिक तथा निजी साझेदारी कार्यक्रमअन्तर्गत सोलार बत्ती जडान गर्न दिएका हांै ।’ उनका अनुसार सोलार बत्ती जडान गर्ने बिके ट्रेडर्स एन्ड सप्लायर्सले वार्षिक एउटा सोलार पोलको ८ हजार ७ सय रूपैयाँ रोयल्टी तिर्नुुपर्छ ।

यसैगरी सोलार बत्तीको पोलमा राखिने विज्ञापनको राजस्व महानगरपालिकाले तोकेबमोजिम तिर्नुपर्ने हुन्छ । काठमाडौंलाई रातको समयमा उज्यालो बनाउन योजना अघि बढाइएको हो । महानगरपालिकाले २० मिटरको अन्तरमा सोलार बत्ती जडान गर्न लागेको हो । महानगरपालिका र टे«डर्सबीच १० वर्ष सोलार बत्ती सञ्चालन सम्झौता भएको छ । 

सम्झौता अनुसार कम्पनीले १० वर्षसम्म सोलार बत्तीको रेखदेख र मर्मत सम्भार गर्नुपर्छ । यसले पोलमा १२ वर्ग फिटको विज्ञापन राख्न पाउनेछ । 

‘सहरी सौन्दर्य कायम गर्न, रातको समयमा हुने लुटपाट र अवैध गतिविधी रोक्न सेलार बत्ती जडान गर्न थालिएको हो,’ एकाईका योजना अधिकृत घिमिरेले भने, ‘सोलार बत्ती जडान गरेसँगै रातको समयमा सवारी आवागमनलाई सहज हुनेछ।’

टेडर्सका अध्यक्ष रोशन श्रीस्वास्तवले बिजुलीको ‘हाइटेन्सन’ तार र व्यवस्थित सडकपेटी नहुँदा सोलार बत्तीको खम्बा राख्न असहज भएको बताए । ‘कतै बिजुलीको पोल त कतै सडकपेटी नहुँदा सोलारबत्ती राख्न पाएका छैनौं,’ उनले भने, ‘महानगरपालिकाले समन्वय नगर्दा केही समय ढिला भइरहेको छ ।’ 

उनका अनुसार उक्त सोलार बत्ती जडानका लागि ३४ करोड रूपैयाँ लाग्नेछ । ‘अत्याधुनिक पाउडर फुटिङको पोल राखेका छौैं, यसमा आगजनीको न्यून सम्भावना हुन्छ,’ श्रीवास्तवले भने, ‘सोलार बत्ती कम्तिमा २० वर्षसम्म टिकाउ हुनेछ।’

महानगरभित्र भएका अग्ला भवनले घाम छेक्दा सोलार बत्ती चार्जमा भने समस्या देखिएको महानगरका अधिकारी बताउँछन् । अहिले महानगरमा विभिन्न क्षेत्रमा सोलार बत्ती राख्ने काम धमाधम भइरहेको छ। 

प्रकाशित: १२ असार २०७४ ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App