१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

रकी जिन्सको राज

बजारमा देखिने धेरै फेसनका डिजाइन पुराना डिजाइनको पुनरावृत्ति मात्र हुन्छन् । हिजोआज चलेको लामो कुर्था सुरुवाल होस् वा लामो फित्ता भएको ब्याग वा अहिले बजारमा राज गरिरहेको ‘ग्रञ्ज’ प्यान्ट्स नै किन नहोस्, सबै पहिल्यै लोकप्रिय भइसकेका फेसन हुन् । अहिले ती अलिकति परिमार्जित भएर फर्किएका हुन्। 

यस्तै फर्किएको फेसन नेपाली बजारमा अचेल प्रचलनमा छ, रकी जिन्स । काँधमा खकन लगाइएको यो खालको प्यान्टको डिजाइनलाई नेपाली बजारमा ‘रकी जिन्स’का रूपमा चिनिएको हो । गत वर्षदेखि बजारमा यसको प्रभाव राम्रो रहेको पाइएको छ । 

काँधमा खकन लगाइएको यो खालको प्यान्टको डिजाइनलाई नेपाली बजारमा ‘रकी जिन्स’का रूपमा चिनिएको हो ।

यो ‘लुज फिटिङ’ मा धेरै चल्तीमा रहेकाले लगाउन सहजताका लागि युवाको रोजाइमा परेको उपमा पौडेलको अनुमान छ । यसपाली गर्मीमा दुई वटा ‘रकी’ उनको स्टाइल बन्यो । उपमाले भनिन्, ‘पहिल्यै पनि लगाइसकेको थिएँ । ‘कम्फर्टेबल’ थियो, त्यसैले फेरि लिएकी हुँु ।’ उनको ‘रकी जिन्स’ मा सेतो सादा टिसर्ट सुहाएको छ । रकी जिन्समा धेरैजसोले सेतो सादा ‘टप’ रोज्ने गरेको काठमाडौं मलको एक फेन्सी स्टोरका सञ्चालक शर्मिला लामाले बताइन् । 

‘रकी जिन्स’ का रूपमा परिचित भए पनि यसलाई डिजाइनका हिसाबले ‘ओभरल्स्’ पनि भनिन्छ । स्टाइल दुनियामा धेरै पटक देखिइसकेको यस्तो डिजाइन १८ औं शताब्दीको सुरुतिरै देखिएको बताइन्छ । ‘ट्राउजर’ लाई अड्काउन फित्ताको प्रयोग गरिएजस्तो देखिने ‘ओभरल्स’को आधुनिक डिजाइन भने सन् १८३० को दशकतिर सिर्जना भएको फेसन विश्लेषक बताउँछन् । सुरुमा कामदार वर्गले लगाउने लुगाका रूपमा लिइएको यो स्टाइलले २० औं शताब्दीपछि अहिलेसम्म धेरै पटक बजार तताइसकेको छ, खास गरी जिन्सवेयरमा । यहि दशकमा पनि हरेक वर्ष जस्तो यसको चर्चा चलिरहेको देखिन्छ । सेलेना गोमेज, टेलर स्विफ्ट, इम्मा वाट्सन जस्ता चर्चित व्यक्तिले लगाएर यो दशक पनि ‘जिन्स ओभरल्स’लाई चर्चामा ल्याउने काम गरे ।  

अहिले ‘रकी जिन्स’का नाममा चलिरहेको खकन भएको ‘प्यान्ट्स’मा ‘ग्रन्ज’, ‘हाफ प्यान्ट्स’, ‘हट प्यान्ट्स’ जस्ता डिजाइनको बाहुल्य छ । 

प्रकाशित: १२ असार २०७४ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App