७ वैशाख २०८१ शुक्रबार
अन्य

यसरी राखिए यी ब्रान्डका नाम

फेसन तथा सौन्दर्य प्रसाधनका विभिन्न ब्रान्ड संसारभरि नै चर्चित छन् । ती प्रसिद्ध ब्रान्डका नाम राखिनुका पछाडि रोचक कथा छन् । विश्वका विभिन्न प्रसिद्ध ब्रान्डका कथा यस्ता छन्ः
ल्याक्मे
ल्याक्मे मूल रूपमा फ्रेन्च शब्द ‘फ्रेन्च ओपेरा’बाट लिइएको हो । तर, हिन्दी भाषामा यसको अर्थ ‘लक्ष्मी’ हुन्छ । लक्ष्मीलाई धनको देवी मानिन्छ । ल्याक्मे भारतको पहिलो ब्युटी ब्रान्ड हो । यसअघि पनि भारतका धनाढ्य परिवारका महिलाले सौन्दर्य प्रसाधनमा टन्नै खर्च गर्थे । उनीहरूले प्रयोग गर्ने सौन्दर्य प्रसाधनका ब्रान्ड भारतमा उपलब्ध नभएकाले अरू देशलाई फाइदा पुग्थ्यो । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु सौन्दर्य प्रसाधनमा खर्चिने त्यो पैसा आफ्नै देशमा राख्न चाहन्थे । उनले जहाँगीर रतनजी दादाभाइ टाटासँग यसबारे कुरा गरे । भारतीय छालाको रङ र सुन्दरतालाई कस्तो किसिमका सौन्दर्य प्रसाधन सुहाउँछ र त्यसको नाम के हुनुपर्छ, जसले उच्च, मध्यम र निम्न सबै वर्गका महिलालाई आकर्षित गरोस् ? भन्नेबारे टाटाले धेरै अनुसन्धान गरे ।
टाटाकी श्रीमती फ्रेन्च थिइन् । उनले नै टाटालाई ल्याक्मे नाम सुझाइन् । सन् १९५२ मा टाटाले यो ब्युटी ब्रान्ड सुरु गरे । ब्रान्डलाई भारतका महिलाको पूरा सहयोग मिल्यो । पछि उनले दुई सय करोडमा ल्याक्मेलाई हिन्दुस्तान युनिलिभरलाई बेचिदिए ।
मेबेलाइन
सन् १९१५ मा सिकागोका एक केमिस्ट टम लाइल विलियम्सकी बहिनी मेबलका आँखीभौँ र परेला स्टोभको आगोले पोलिए । उनले स्टोभको कालो खरानीमा पट्रोलियम जेली मिसाएर पोलिएको आँखीभौँ र परेलातिर लगाइन् । यसलाई उनले ‘अ सिक्रेट अफ दी हारेम’ दिएकी थिइन् । यसैबाट टमलाई ब्युटी ब्रान्ड सुरु गर्ने आइडिया फु¥यो । उनले आफ्नै बहिनीको नामबाट मेबेलाइन सुरु गरे ।
बर्बेरी
संसारभरि प्रसिद्ध पहिरन तथा कस्मेटिक्टको यस ब्रान्डलाई सन् १८५६ मा अंग्रेजी व्यापारी थोमस बर्बेरीले सुरु गरेका थिए । आफ्नो यो फेसन ब्रान्ड ल्याउनुअघि उनी बर्बेरी नामले ह्याम्पसायरमा पसल चलाउँथे । त्यसैले, दुनियाँका अधिकांश मानिस यसलाई ‘बर्बेरी अफ लन्डन’का नामले चिन्छन् ।
प्रादा
सन् १९१३ मा मारियो प्रादाले स्थापना गरेको प्रादा ब्रदर्स लक्जरी फेसन हाउसले छालाका लुगा तथा जुत्ता, चस्मा, अत्तर आदि उत्पादन गथ्र्याे । उनकी छोरी लुइसा कम्पनीको प्रमुख भएपछि उनले कम्पनीको नाम बदलेर प्रादा राखिन् ।
 

 

प्रकाशित: १२ असार २०७४ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App