coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नारायणगढ – मुग्लिन सडक १०–४ बजे पनि बन्द नहुने

चितवन— निर्माणका लागि बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडक आज सोमबारदेखि पूरै समय सञ्चालनमा आउने भएको छ। नारायणगढ मुग्लिन सडक आयोजनाले निकालेको सूचनामा अर्का सूचना नआउँदासम्म समय सीमा लागू नहुने जानकारी दिइएको छ।

निर्माणका लागि गत वर्षको पुसदेखि बाटोमा गाडी चल्न केही समय रोक लगाइएको थियो।

गत वर्षको पुस सातदेखि दिनमा पाँच घण्टा बाटो बन्द हुन्थ्यो। त्यसपछि चैत्र १५ गतेबाट दैनिक छ घण्टा बाटो बन्द हुन थालेको हो। राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने महत्वपुर्ण मार्गको रुपमा रहेको नारायणगढ–मुग्लिन सडकमा दैनिक १० हजार गाडी ओहर दोहर गर्दछन्।

दुई वर्ष अघिदेखि सो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरु भएको हो।

समय सिमा हटाइए पनि नारायणगढ मुग्ग्लिन सडकमा पहिरोको समस्या अत्याधिक छ। पानी परेमा पहिरो झरेर घण्टौं जाम हुने गर्दछ।
रातिको समयमा यात्रा गर्नु झनै जोखिमपूर्ण छ । नारायणगढ मुग्लिन सडक आयोजना र चितवन प्रहरीले रातीमा सकेसम्म सो सडक प्रयोग नगर्न र अन्य वैकल्पिक मार्ग अपनाउन सर्व साधरणलाई अपिल गरेको छ।

 

प्रकाशित: १२ असार २०७४ ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App