एजेन्सी – भारतको कश्मिर स्थित गुलमार्ग रिसोर्टमा केबलकार दुर्घटना हुदाँ दुई बालबालिका सहित ७ जनाको मृत्यु भएको छ ।
रूखको हाँगा भाचिएर केबलकारलाई ठक्कर दिए पश्चात् उक्त केबलकारको डब्बा भुइँमा बजारिदाँ उक्त केवलकारमा रहेका यात्रुहरू मृत्यु भएको हो ।
हावाको गतिमा भएको वृद्विले केबलकार यात्रा गरिरहेका अन्य यात्रुहरू समेत प्रभावित भएका थिए ।
यात्रामा खतरा बढ्दै गएपश्चात् केबलकारमा रहेका अन्य १०० जनालाई सुरक्षित रूपमा जमिनमा ल्याइएको थियो ।
प्रकाशित: १२ असार २०७४ ०९:३८ सोमबार