८ वैशाख २०८१ शनिबार
समाज

फेसबुक स्टाटसले तीन लाख जुट्यो

गोरखा- शहिद लखन गाउँपालिका ८ बुङकोटको राम्चे प्रावि विद्यालय पुन निर्माण गर्न तीन लाख रुपैयाँ जुटेको छ। विद्यालयको नाजुक अवस्था सहित फोटो फेसबुकमा अपलोड गरेर पुन निर्माण गर्नु सहयोगको हारगुहार गरेर देश बिदेशमा रहेका साथीसँग स्थानीय प्रकाशबाबु थापाले उक्त रकम जुटाएका हुन्।

‘भूकम्पको दूई वर्ष सम्म पनि विद्यालय बनेन्, त्यहाँ पढ्ने बालवालिकालाई समस्या परेको देखेर पुन निर्माण अभियानमा सहयोग गरौँ भनेर फेसबुक अभियान थालेँ’ स्थानीय प्रकाश थापाले भने ‘देश बिदेशमा रहेका साथीभाईले तीन लाख सहयोग गरे ।’ विद्यालयलाई प्राप्त भएको सहयोग रकम उनले आईतवार विद्यालयलाई बुझाएका छन् । वडा अध्यक्ष काशिनाथ अम्गाई र विद्यालयका प्रधानाध्यापक, ब्यवस्थापन समिति अध्यक्षलाई उनले उत्त रकम हस्तान्तरण गरेका हुन् । अमेरिका, जापान, कोरिया, क्यानडा लगायत देशका ब्यक्तीले पनि विद्यालय पुन निर्माण गर्न सहयोग पठाएका थिए।

सौरभ विष्टले निर्देशन गरेको चलचित्र ‘लभ यू बाबु’ को च्यारीटी सो मार्फत पनि सहयोग रकम जुटेको गितकार समेत रहेका अभियान्ता थापाले बताए। सोही अवसरमा विद्यार्थीलाई थापाले एक, एक थान टिर्सट समेत बितरण गरेका थिए । थापा अहिले काठमाण्डौँ बस्छन् भने संगित र सञ्चार क्षेत्रमा काम समेत गर्दै आएका छन्।

 

 

 

प्रकाशित: १२ असार २०७४ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App