८ वैशाख २०८१ शनिबार
समाज

झाडापखालाका विरामी बढे

मुगु- मनसुन सुरु भए यता पछिल्लो समयमा जिल्ला अस्पतालमा आउने झाडा पखालाका विरामीको संख्या बढ्दै गएको छ।

 वर्षायामसंगै पानीका मुहान अशुद्ध हुने , सडेगलेका फलफुल तथा बासी खानाका कारण जिल्लामा झाडा पखालाका विरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। वर्षा सुरु भए यता जिल्ला अस्पतालमा दैनिक २० देखि २५ जना झाडा पखाला र आउँ मासीका विरामी आउने गरेको जिल्ला अस्पतालले जनाएको छ।  अस्पतालमा दैनिक आउने  झाडा पखाला र आउँ मासीका विरामी मध्ये बालबालिकाको संख्या अधिक रहेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका कार्यालय प्रमुख डाक्टर जितेन्द्र कडेंलले जानकारी दिए। अहिले जिल्ला अस्पतालका सबै शैयाहरुमा झाडा पखाला र आउँ मासीबाट ग्रसित विरामी रहेको डाक्टर कडेंलले बताए । यो संक्रमणलाई फैलन नदिन ब्यक्तिगत , वातावरणीय सरसफाईमा ध्यान दिनु पर्ने , सुरक्षित पानीको प्रयोग गर्नु पर्ने , बासी सडे गलेका खाने कुरा नखाने जिल्ला स्वास्थ्य कार्यालयले सबैका लागि सुझाव समेत दिएको छ।

प्रकाशित: १२ असार २०७४ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App