coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चुनाबले सदरमुकाम म्याङलुङ सुनसान,मतदातालाई यातायात अभाब

तेह्रथुम—स्थानीय तहको दोस्रो चरणको चुनाव हुनु दुई दिनअघि तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार सुनसान भएको छ। म्याङलुङ बजारमा अस्थायी रुपमा बसोबास गर्दै आएका मतदाता मतदान गर्न आ–आफ्नो गाँउ फर्किएपछि बजार सुनसान भएको हो।

म्याङलुङ बजारका अधिकांश होटल र पसलहरु बन्द भएका छन्। विद्यालय, कलेज र कार्यालय पनि बन्द भएपछि म्याङलुङ बजार सुनसान बनेको हो। झण्डै २० वर्षपछि स्थानीय तहको मतदानमार्फत जनप्रनिधि छान्न आतुर भएका मतदाताले चुनावको दुई दिन अघि नै सदरमुका छाडेका हुन्।

बिद्यार्थी तथा ब्यावसायीहरु मतदानका लागी आ आफ्नो गाउ फर्किए पछि नेपालीहरुको चाड दशै झै बजारी क्षेत्र सुनसान बन्दै गएको हो। म्याङलुङ बजारमा चुनावका लागि खटिएका कर्मचारी र स्थायी रुपमा बसोबास गर्ने स्थानीय बासिन्दा मात्र बाकी रहेका छन्। चुनाबी सरगम  सगै ब्यापार ब्याबसाय समेत हुन छाडेको ब्यापारीहरुले बताएका छन्।

अस्थायी रुपमा बजारमा बसोबास गर्ने ग्रामीण क्षेत्रका अधिकांश बासिन्दाले बजार छाडिसकेका हुन्। मौन अबधी सुरु भए संगै दलहरुको चुनावको प्रचारप्रसार नभएकाले पनि बजार सुनसान भएको स्थानीय बासिन्दा बताउँछन्।

चुनाबमा सहभागी हुन जिल्ला आएकाहरुलाई भने सवारी अभाब भएको छ। चुनाब आउन दुई दिन मात्र रहदा धरान सुनसरीबाट तेह्रथुम आएका मतदाताहरुलाई सवारीसाधन अभाब भएको ट्याक्सी ब्याबसायीहरुले बताएका छन् । यस अघि धरानबाट दैनिक आधा दर्जन मात्र सवारी साधन चल्दै आएकोमा चुनाबको मिति नजिकिए सगै एक दर्जन बढी सवारी साधनहरु सञ्चालन भैरहे पनि सवारीसाधनको अभाब भएको तेह्रथुम ट्याक्सी ब्याबसायी ईन्चार्ज सन्तोष निङलेखुले बताएका छन् ।

प्रकाशित: १२ असार २०७४ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App