काठमाडौं— दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा सोमबार तीन ठाउँमा बम विस्फोट भएको छ। झापा, बाजुरा र बर्दियामा बम विस्फोट भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
झापाको विर्तामोड नगरपालिका–५ सुब्बा चोकस्थित कन्नकी रोडको फोहर फाल्ने ठाउँमा तारले बेरेको अवस्थामा बम फेला परेको थियो। प्रहरीको समन्वयमा नेपाली सेनाको बम डिस्फोजल टोलीले सोमबार निष्क्रिय पारेको छ।
बाजुरा बुढिनन्दा नगरपालिका–२ कोल्टीस्थित पदमकुमार गिरीको घरदेखि करीव २० मिटर टाढा खाली जमिनमा स्टिलको डिब्बामा रातो टेपले बेरेको अवस्थामा सोमबार फेला परेको बम सेनाको टोलीले निष्क्रिय पारेको छ।
यसैगरी बर्दियाको बासगढी नगरपालिका–५ स्थित बासगढी बजारमा प्रेसरकुकर बम फेला परेको थियो। कुकरमा बारुद राखेर तार जोडेको अवस्थामा फेला परेको बम प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। बम राख्ने कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन।
प्रकाशित: १२ असार २०७४ १४:१८ सोमबार