coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ड्रयागन कार्गो क्राफ्ट आइएसएसको पोर्टमा पुग्यो

स्पेस एक्सको ड्रयागन कार्गो क्राफ्ट बुधबार इन्टरनेशनल स्पेस स्टेशन आइएसएसमा पुगेको छ । पृथ्वीबाट ४ सय किलोमिटर टाढा रहेको स्पेस एक्सको उक्त ड्रयागन नयाँ डकिङ पोर्ट र अनुसन्धानकालागि प्रयोग हुने सामाग्रीसहित दुई दिन पहिला फाल्कन रकेटको साथमा इन्टरनेशनल स्पेस स्टेशनमा पठाएको थियो।

अबका केही महिनामा नै उक्त सामाग्री करिब २ सय ५० वटा वैज्ञानिक अनुसन्धानकालागि प्रयोग गर्न सकिने बताइएको छ। साथै उक्त सामाग्रीले अमेरिकाले आगामी वर्ष आइएसएसमा पठाउने भनेको अन्तरिक्ष यात्रुसहितको स्पेस क्याप्सुलकालागि सहयोगी बन्ने विश्वास गरिएको छ।
स्पेस एक्सका ग्राउन्ड कन्ट्रोलरहरुले उक्त ड्रयागनको अनुगमन गरेका थिए भने नासाका इन्जिनियरले स्पेस स्टेशनको जिम्मा लिएका थिए। अन्तरिक्ष यात्री जेफ विलियम्सले स्थानीय समय अनुसार ६ः५६ मा आइएसएसमा पुगेको जानकारी दिए। विलियम्सले लेखेका थिए–हामीले ड्रयागन क्याप्चर गर्यौ, बधाई हामी सबै टिमलाई, हामीले सबै मिलेर ड्रयागनलाई सफलता पूर्वक आइएसएसमा पठायौं।’

उक्त ड्रयागन आगामी अगस्ट २९ सम्म त्यहाँ रहने छ। स्पेस एक्सले सन् २०२४ सम्ममा अन्य १७ काग्रो फ्लाइट त्यसतर्फ पठाउने बताइएको छ। दि स्पेस स्टेशनको रोर्वटिक आर्मले इन्टरनेशनल डकिङ एड्याप्टर—२ लाई अगस्ट १६ मा ड्रयागनबाट निकाल्ने छ र त्यसपछि विलियम्स र अन्य टिममेटले अगस्ट १८ बाट स्पेसवाक गर्ने छन् र उक्त डकिङ एड्याप्टर हार्मोनि मोडियुलमा इन्सटल गर्नेछन्।
नासाका डेप्युटी कार्यक्रम म्यानेजर जोइल मोटालबानोले भने, ‘डकिङ एड्याप्टर व्यवसायिक क्र्यु भेइकललाई सक्रिय गर्ने कामको एक कदम अगाडि हो।’

नासाले तेस्रो डकिङ पोर्ट निर्माणकालागि बोइङसँग ९ मिलियन डलरमा सम्झौता गरेको थियो। उक्त पोर्ट स्पेस एक्सले सन् २०१८ मा प्रक्षपण गर्ने भनिएको ड्रयागन क्याप्सुलको प्रक्षपणकालागि सहयोगी हुने विश्वास लिइएको छ। नासाका आइएसएसको कार्यक्रम प्रमुख केरीक सेरिमनले हाल तीन काग्रो भेइकल भएकाले केही असहज परिस्थितिको सामाना गर्न सक्ने भन्दै तेस्रो पोर्टको निर्माण गरिन लागेको बताए ।

आउदो केही हप्तामा वा केही महिनामा नै नयाँ डकिङ एड्याप्टर इन्सटल गर्नका  लागि १ हजार ७ सय ९० किलोग्राम कार्गोसहति ४८ सदस्यीय अन्तरिक्ष टोली स्पेस स्टेशनमा पठाइने छ । उक्त मिसनका लागि नासाले ९ सय ३० किलो वैज्ञानिक सामाग्री, २ सय ८० किलो भेइकल हार्डवेयर, १ सय २७ स्पेस वाकिङ गियर र क्रियुका सदस्यका लागि खान र लगाउनका ३ सय ७० किलो क्रियु प्रोभिजन उपलब्ध गराउने छ।
नासाका स्पेस स्टेशन कार्यक्रमकी वैज्ञानिक जुली रोविनसनले भनिन्, ‘प्रक्षपण गर्न सक्ने र पुन फर्काउन मिल्ने भएकाले ड्रयागन विज्ञानकालागि धेरै महत्तपूर्ण छ, हामीले ९ सय ३० किलो अनुसन्धान स्याम्पल पठायौं र ५ सय ८० किलो अनुसन्धान स्याम्पल प्राप्त गर्यौ।’
नासाका जोन्सन स्पेस सेन्टरका माइक्रोवायोलोजिस्ट सरा वालान्सले भने, ‘व्याक्टेरिया, भाइरस र मुसाको डिएनएको मिश्रणको जिनोमिक्सबाट प्रथम पटक क्रमबद्ध रुपमा आएका स्याम्पलहरु आउने छन् । उनले यस अनुसन्धानबाट आउने सम्भावित प्रतिफलका लागी निकै उत्सुक भएको बताए। सन् २०१५ मा डकिङ एडेप्टर जडित फाल्कन नाइन रकेट प्रक्षपण गरेको दुई मिनेटमा नै हराएको थियो।

 

प्रकाशित: ६ श्रावण २०७३ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App