कालिखोला (चितवन)— राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने नारायणगढ मुग्लिन सडकको कालिखोलामा केहीबेर अघि पहिरो गएको छ। संसदको विकास समितिको टोली सडकको अवस्था अनुगमन गर्न आएका बखतै पहिरो खसेको हो।
संसदको विकास समितिका सभापति सांसद रवीन्द्र अधिकारी, सांसदहरु गुरुप्रसाद बुर्लाकोटी, प्रकाश अधिकारी छन्। गत बिहीबार राति यही ठाउँमा पहिरो जाँदा एउटा ट्रक र प्रहरी भ्यान बगाएको थियो। घटनामा परी तीन प्रहरीको मृत्यु भएको थियो। एक अझै बेपत्ता छन्।
पहिरोले राजमार्ग पुरेपछि नारायणगढ र मुग्लिन दुवैतिर करिब दुइ–दुई किलोमिटरसम्म ट्राफिक जाम भएको छ। एशियाली मापदण्डको सडक निर्माण गर्ने भनेर दुई वर्षअघि निर्माण थालिएको यो सडक लागत बढाउने उद्देश्यले सुस्त निर्माण हुँदा ‘मृत्यु मार्ग’ परिणत भएको सर्वसाधारणको बुझाइ छ।
स्थलगत स्थिति र निर्माण कार्य अनुगमन गर्न संसदीय समिति मंगलबार मध्यान्ह कालिखोला आइपुगेको हो। संसदीय समितिको टोलीमा
संसदको विकास समितिका सभापति सांसद रवीन्द्र अधिकारी, सांसदहरु गुरुप्रसाद बुर्लाकोटी, प्रकाश अधिकारी छन्। गत बिहीबार राति यही ठाउँमा पहिरो जाँदा एउटा ट्रक र प्रहरी भ्यान बगाएको थियो। घटनामा परी तीन प्रहरीको मृत्यु भएको थियो। एक अझै बेपत्ता छन्।
यात्रु बस, ठूला–ठूला ट्रक र कन्टेनर गरी दैनिक १० हजार बढी सवारी साधन गुड्ने यो सडक बिस्तार कार्य समयमा सम्पन्न नहुँदा सर्वसाधारण त्रासमा यात्रा गर्न बाध्य छन्। सडक फराकिलो बनाउन भन्दै दुई वर्षअघि विस्तारको काम सुरु भएको यो सडकखण्डको तोकिएको समयभन्दा तीन महिना बढी हुँदा पनि आधा मात्रै काम पूरा भएको छ।
काम ढिलो हुँदा ठेकेदारले लागत रकम बढी दाबी गर्न पाउँछ। लागत रकम बढाउने कार्यमा भने सरकारी अधिकारीको संलग्नता रहन्छ। त्यही चलखेलका यो राजमार्ग निर्माण समयमा हुन नसकेको धेरैको बुझाइ छ।
प्रकाशित: १३ असार २०७४ ०७:४६ मंगलबार