coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको सुधार योजना: सरुवाको लागि 'पावर' लगाउनु नपर्ने

पत्ररकार सम्मेलनमा मन्त्री शर्मा गृह प्रशासन सुधार मार्गचित्र सार्वजनिक गर्दै। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन सुधार मार्गचित्र सार्वजनिक गरेका छन्। उनले 'जवाफदेही गृह प्रशासन: शान्ति सुरक्षा र सुशासन' भन्दै मन्त्री शर्माले ८४ बुँदे मार्गचित्र सार्वजनिक गरेका हुन्।

उनले प्रहरीको सरुवा प्रणालीमा सुधार गरिने बताएका छन्। 'स्पष्ट र पार्दर्शी वृत्ति विकास तथा सरुवा प्रणाली नभएकोले प्रहरी कर्मचारी विभिन्न प्रभावशाली ब्याक्ति र निकायको ढोका चाहार्न बाध्य हुनुपर्ने अवस्थालाई अन्त्य गर्न नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको लागि आवश्यक पर्ने जनशक्तिको नियुक्ति, बढुवा, क्षमता विकास र सरुवाका लागि क्यालेण्डर र निश्चित मापदण्ड तयार गरिने छ', मार्गचित्रमा भनिएको छ।

सरकारले प्रदान गर्ने पदक तथा विभुषणको निश्चित मापदण्ड बनाउने गृहले बताएको छ। अलंकारको औचित्य पुष्टि हुनेगरी यसलाई लागु गर्ने सुधार योजनामा उल्लेख छ।

सुरक्षा निकायभित्र रहेको सेवा अवधिको विवादलाई समेत अन्त्य गर्ने गृहमन्त्रीको प्रतिवद्धता रहेको छ। बढुवामा स्पष्ट नीति बनाई पद खाली भएको एक महिना भित्र वढुवाको प्रक्रिया अगाडि बढाउने मार्गचित्रमा उल्लेख छ। प्रहरीको शारीरिक फिटनेसको पक्षलाई समेत वृति विकासको आधारको रुपमा लिइने गृहमन्त्रीको योजना छ।

मन्त्रालयले प्रहरीमा थप दुई पद बनाउने योजना बनाएको छ। लामो समय सम्म एउटै पदमा रहेर काम गर्दा प्रहरी कर्मचारीमा नैराश्यता आउने भन्दै जवान र हवल्दारको बीचमा सहायक हवल्दार र प्रहरी नायव निरीक्षक र प्रहरी निरीक्षकको बीचमा प्रहरी बरिष्ठ नायव निरीक्षक पद सृजना गर्ने योजनामा छ।

संयुक्त राष्ट्र संघबाट खटिने मिसनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या बढाउने आवश्यक पहल गर्ने बताइएको छ। मिसनमा पठाउँदा पार्दर्शी मापदण्ड अपनाइने उल्लेख छ।

सुरक्षा संगठन बाहिर र भित्रको गुटबन्दी, लबिङ तथा व्याक्तिगत स्वार्थ केन्द्रित गतिविधि निषेध गर्ने गृहमन्त्रीको योजना छ। सुरक्षा निकायका कर्मचारीहरुलाई सुरक्षा बाहेकका अन्य कार्यमा खाटाउने प्रवृत्तिको अन्य गर्ने गरी गृहले कदम चाल्न लागेको छ।

सरकारले प्रदान गर्ने पदक तथा विभुषणको निश्चित मापदण्ड बनाउने गृहले बताएको छ। अलंकारको औचित्य पुष्टि हुनेगरी यसलाई लागु गर्ने सुधार योजनामा उल्लेख छ।

जुनियर प्रहरी अधिकृत तथा जवानहरुले आफ्नो पिरमर्का, गुनासाहरु गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग राख्ने सक्ने संयन्त्र बनाउने समेत कार्यक्रममा उल्लेख छ।

ठमेल, दरवारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन वढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुल्ला रहनेगरी आवश्यक सुरक्षा प्रवन्ध मिलाइने गृहमन्त्रीको योजनामा उल्लेख छ।

प्रकाशित: १३ असार २०७४ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App