अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीलाई स्वागत गर्दै राष्ट्रपति ट्रम्पले गरेको स्वागत सम्पूर्ण भारतीयहरूका लागि सम्मान भएको प्रधानमन्त्री मोदीले बताएका छन्।
भेटवार्ता पश्चात् राष्ट्रपति ट्रम्पले भारत प्रजातन्त्रको अभ्यासको लागि विश्कै एक शक्तिशाली मुलुक भएको र मोदीलाई ह्वाइट हाउसमा स्वागत गर्न पाउनु आफ्ना लागि सौभाग्यपूर्ण भएको बताए। भारत र अमेरिकाको संविधानमा रहेको समानतमा माथि प्रकाश पार्दे ट्रम्पले दुवै देशको संविधानमा वी द पिपल्ल भन्ने शब्दबाट सुरूवात भएको बताए।
राष्ट्रपति ट्रम्पले भारत र अमेरिकाबीचको सम्बन्ध आगामी दिनहरूमा अझै मजबुत हुदै बताए।
भेटवार्ता पश्चात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस भेटवार्ताले अमेरिका र भारतको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले अमेरिका राजनीतिक र आर्थिक रूपमा सफल हुनुमा नै भारतको समेत हित रहेको बताए।
विश्वमा आउन सक्ने नयाँ सम्भावना तथा चुनौती दुवैको सामना गर्नका लागि अमेरिका र भारत एक भएर लाग्ने ट्रम्पले समेत प्रतिबद्वता जनाएको प्रधानमन्त्री मोदीले बताए।
प्रकाशित: १३ असार २०७४ ०९:५७ मंगलबार