coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धमाधम मतदान केन्द्र बनाइदै

खोटाङ– स्थानीय तहको निर्वाचनका लागि खोटाङमा मतदान स्थल व्यवस्थापन तथा निर्माणको काम धमाधम भइरहेको छ। बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका १७३ केन्द्रमा मतदान केन्द्र निर्धारण, महिला/पुरुष मतदाता उभिने ठाउँ निर्माण, मतदानलाई सफल बनाउनका लागि सर्वदलीय छलफल लगायतका पूर्वतयारीका काम भइरहेको छ। निर्वाचनका लागि १३६ मतदान स्थलमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले अहिले सबै मतदान केन्द्रमा महिला र  पुरुष मतदाता उभिने छुट्टा–छुट्टै बार, कर्मचारी बस्ने स्थान, मतदान गर्ने गोप्य कोठा, व्यालेट बक्स राख्ने स्थान लगायतका पूर्वतयारीका काम धमाधम भइरहेको जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । अहिले कर्मचारी, सुरक्षाकर्मी र म्यादी प्रहरी मतदान व्यवस्थापनको काममा व्यास्त बनेका छन्।

कतिपय मतदान केन्द्रमा मतदान केन्द्र तयार भइसकेको र कतिपय ठाउँमा तयार पार्ने काम भइरहेको छ। ‘अहिले सबै मतदान स्थलमा मतदान केन्द्र व्यवस्थापनको काम भइरहेको छ,’ जिल्ला निर्वाचन अधिकारी खत्रीले भने, ‘मतदानलाई शान्तिपूर्ण बनाउनका लागि स्थानीय स्तरका नेताबीचमा छलफल गरेर सहमती जुटाउने काम पनि भइरहेको छ।’ अशक्त, अपांग, गर्भवती महिला मतदाताले भने मत हाल्नेक्रममा लाईनमा उभिइरहन नपर्ने खत्रीले जनाए ।

कुल ७९ वडा रहेको जिल्लामा ४१५ जनप्रतिनिधिका लागि १८ जना स्वतन्त्रसहित १ हजार ५६२ जना उम्मेद्वारको मनोनयन दर्ता भएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लाका १ लाख १५ हजार ६४४ मतदाताले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: १३ असार २०७४ १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App