८ वैशाख २०८१ शनिबार
समाज

श्रीमतीको हत्या गरेर भाग्दै गरेका श्रीमान् पक्राउ

लहान- सिरहाको भगवानपुर गाउँपालिका –१ मा श्रीमानले धारीलो हतियार प्रहार गरि पत्नीको हत्या गरेका छन्। ३५ वर्षिय बालकृष्ण यादवले पत्नी रामकला यादव(२५)लाई घाँटीमा धारीलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

लागुऔषध मुद्दामा एक महिना अगाडीमात्र छुटेका बालकृष्णले पत्नीमाथि चारित्रिक आरोप लगाउँदै बिवाद गर्दै गएको स्थानीयले बताए। त्यही बिवाद बढेपछि सोमवार दिउँसो कत्ता(धारिलो हतियार) ले घाँटीको दाहिने भाग छिनाएर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय लहानका डिएसपि हिराबहादुर पाण्डेले भने,‘पत्नीको हत्या गरी भाग्दै गर्दा प्रहरीले गाउँमै बालकृष्णलाई पक्राउ गर्यो।’

बालकृष्णले प्रहरीलाई दिएको प्रारम्भिक वयानमा हत्या स्वीकार गरेका छन्। उनले प्रहरीसमक्ष हत्याको कारण पत्नीको चरित्रलाई अरोपित गरेका छन्। पूर्व सशस्त्र प्रहरी उनी प्रहरीको जागिर छोडेर भागेका थिए। त्यसपछि भिन्नि गतिविधिमा संलग्न उनी दुई वर्ष अगाडी लागुऔषध मुद्दामा लहान प्रहरीबाट पक्राउ परेका थिए।  

प्रकाशित: १३ असार २०७४ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App