भैरहवा—रुपन्देहीमा पनि निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका २ सय ८ मतदान स्थलका ५ सय ४३ केन्द्रमा आवश्यक सामाग्री, कर्मचारी र अन्य तयारी पुरा भएको निर्वाचन कार्यालयका प्रमुख हुमनाथ गौतमले बताए।
बर्षाको समय भएकाले पानी पर्न सक्ने सम्भावनालाइ मध्येनजर गर्दै टेण्टको समेत व्यवस्था गरीएको गौतमले जानकारी दिए।
बर्षाको समय भएकाले पानी पर्न सक्ने सम्भावनालाइ मध्येनजर गर्दै टेण्टको समेत व्यवस्था गरीएको गौतमले जानकारी दिए। एक उपमहानगरसहित पाँच नगरपालिका र १० गाउपालिका गरी १६ वटै स्थानीय तहमा बुधबार हुने निर्वाचनबाट ८ सय ७ जना जनप्रतिनिधि छानिँदैछन्। त्यसका लागि जिल्लामा ४ हजार ५ सय ६२ को उम्मेदवारी परेका छ।
बिहान सात बजेबाट सुरु हुने निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गरीएको प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले बताए। सिंहका अनुसार ६ हजार सुरक्षाकर्मी खटाइएको छ। निर्वाचन सुरक्षाका लागि नेपाल भारत सिमानाका हिजैदेखि सिल गरीएको छ। मदिरा बिक्रिमा पनि रोक लगाइएको छ।
सिमामा नेपाल भारतका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गरिरहेका छन्। २० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनकालागि ८० प्रतिशत मतदाता परिचय पत्र बितरण भएको निर्र्वाचन अधिकारी गौतमले बताए।
रुपन्देहीमा ४ लाख ६२ हजार ५४६ मतदाता संख्या छ।
जिल्लाको एउटा मतदान केन्द्रमा अधिकृतसहित सम्पूर्ण कर्मचरी महिलालाइ खटाइएको छ। निर्वाचन कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका सातको मतदान केन्द्रको सम्पूर्ण जिम्मेबारी महिला कर्मचारीलाइ दिइएको हो।
प्रकाशित: १३ असार २०७४ १४:०८ मंगलबार