खोटाङ– अज्ञात समूहले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका वडाध्यक्षका उम्मेद्वार बस्ने घर नजिक बम राखेको फेला परेको छ। वडाध्यक्षका उम्मेद्वार दिलचक्र राईको निवास नजिक राखेको सुतली बम नेपाली सेनाको बिष्फोजल टोलीले मंगलबार राती १० बजे निस्क्रिय पारेको छ।
रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षका उम्मेद्वार लिला चौहानको घरमा असार ६ गते राती सुतली बम बिष्फोट गराएको हप्ता दिनपछि अर्का उम्मेद्वारको बसोबास रहेको घर नजिक बम फेला परेको हो।
रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षका उम्मेद्वार लिला चौहानको घरमा असार ६ गते राती सुतली बम बिष्फोट गराएको हप्ता दिनपछि अर्का उम्मेद्वारको बसोबास रहेको घर नजिक बम फेला परेको हो। सुतली बम स्वास्थ्यचौकीको नजिक बाँसघारीमा राखिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए।
उम्मेद्वार राई बसोबास गर्ने घर र स्वास्थ्यचौकी दोर्पाचिउरीडाँडाको भवन नजिक छ। ‘स्वास्थ्यचौकीको नजिक बाँस घारीमा बम भेटिएको भन्ने जानकारी आएको छ,’ डिएसपी प्रधानले भने, ‘बम सेनाले निस्क्रिया पारेको छ।’
युवा संघका केन्द्रीय सचिवालय सदस्य रहेका उम्मेद्वार राई स्वास्थ्यचौकीको नजिक रहेको ससुरा रिट्ठबहादुर राईको घरमा बसोबास गर्दैआएका थिए। बम स्वास्थ्यचौकीको डिलमुनि र उम्मेद्वार राई बस्दैआएको घरबाट करिब ३० मिटर अगाडि दक्षिणतर्फ भेटिएको हो। सो स्थान विद्याद्धय माविमा रहेको मतदान केन्द्रभन्दा एक डेढ किलोमिटर टाढा पर्छ। उम्मेद्वार राईलाई नै लक्षित गरेर बम राखिएको अनुमान गरिएको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए।
पिसाब फेर्न जाँदा बम देखिएको उम्मेद्वार राईले बताए ।
सो वडामा कांग्रेसले महन्त राई, माओबादी केन्द्र र संघीय समाजबादीले हरिप्रसाद चौंलागाईलाई वडाध्यक्षमा उठाएको छ। संघीय समाजबादीले माओबादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्दैछन्।
प्रकाशित: १३ असार २०७४ १७:१० मंगलबार