७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री देउवाले डडेल्धुराबाट मत खसाले

मतपेटिकामा मतपत्र खसाल्दै प्रधानमन्त्री देउवा

डडेल्धुरा—प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट मतदान गरेका छन्। केही दिनदेखि नै गृह जिल्लामा रहेका उनले गन्यापधुरा गाउँपालिका–१, असीग्राम मावि रुवाखोला मतदान केन्द्रबाट भोट खसालेका हुन्। प्रधानमन्त्री पत्नी एवं काँग्रेस नेतृ अारजु राणाले पनि सोही मतदान केन्द्रबाट मतदान गरेकी छिन्।

यो मतदान केन्द्र डडेल्धुरा सदरमुकामबाट १५ किलोमिटर टाढा हो। अाजको मतदानमा जनताको उत्साहजनक सहभागिता रहेको उनले बताए। 'अाज जस्तै असोज २ मा पनि उत्साहजनक सहभागिता हुनेछ', उनले भने। असोज २ को निर्वाचनमा असन्तुष्ट दलहरु पनि सहभागी हुने उनको दाबी थियो। 'असन्तुष्ट दलहरु पनि असोज २ को निर्वाचनमा सहभागी हुनेछन्। म काठमाडौं गएर छलफल गर्नेछु', उनले भने।

मतदान पछि प्रधानमन्त्री देउव धनगढी फर्किने कार्यक्रम रहेको छ।

 

प्रकाशित: १४ असार २०७४ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App