७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधानसभा निर्वाचनमा आठ मत खसेको ठाँउमा ७६ प्रतिशत मतदान

पाँचथर- २०७० सालमा सम्पन्न दोश्रो संविधान सभाको निर्वाचनमा साविक लुङ्रुपमा गाविसको सिद्धेश्वर मावि मतदान केन्द्रमा केवल आठ मत खसेको थियो। वुधवार सम्पन्न स्थानीय तहको निर्वाचनमा भने सोहि स्थानमा ६ सय २ मत खसेको छ।

प्रहरीको तथ्याङक अनुसार यो केन्द्रमा तीन सय पुरुष र ३ सय २ महिलाले मतदान गरेका छन्। यहाँ ७६ प्रतिशत मतदान भएको हो । स्थानिय तहको पुनः सरचना पछि फिदिम नगरपालिका भएको उक्त स्थानमा यो पल्ट उत्साहका साथ मतदाताले मतदान गरेका हुन । यो केन्द्रको मतदान कस्तो होला भन्ने चासो तथा चर्चा भईराखेको बेला उलेख्य मतदान भएको हो।

दोश्रो सविधान सभाको तत्कालिन बैद्य नेतृत्वको नेकपा–माओवादीले निर्वाचन वहिस्कार गरेपछि स्थानीयले मतदान गर्न पाएका थिएनन्। सोबेला उच्च सुरक्षा उपस्थिती भएपनि उक्त पार्टीका कार्यकर्ताले मतदान नगर्न चर्को धम्कि दिएपछि स्थानीय मतदानका लागि जान सकेका थिएन । ‘नो’ भोट बनाउने योजनामा मतदातालाई मतदान गर्न दिइएन।

यहि दबाबकाबीच स्थानीय आठ जना मतदान गर्न गएका थिए। मतदान गरेपछि उनीहरु विस्तापित हुनु परेको थियो । जिल्लाको बढि संवेदनशिल मतदान केन्द्रको रुपमा लिइएको थियो । धेरैले यो पल्ट पनि केहि हुने हो कि भन्ने शंका गरेका थिए। यसपल्ट पनि उच्च सुरक्षा सतकर्ता अपनाइएको थियो। तत्कालिन  वैध नेतृत्वको माओवादिका नेता कार्यकर्ता  माओवादी केन्द्रमा एकीकरण भएपछि सो क्षेत्रमा वैद्य माओवादीको उपस्थिती शून्य भएको छ।  पहिला ‘नो’ भोटको अभियान चलाउनेहरु  अहिले चुनावमा सहभागि भएका छन् । सो केन्द्र माओवादीको राम्रो प्रभाव भएको केन्द्र मानिन्छ।

यसपल्ट उत्साह पूर्वक मतदान भएको स्थानियले बताए । मतदानका लागि कुनै अवरोध नदेखिएको  वुधार दिउँसो मतदान अधिकृत चक्रपाण्डी सुवेदीले नागरिकलाई बताएका थिए। यो केन्द्र फिदिम–१३ मा पर्छ । यहाँ ७ सय ९१ मतदाता रहेका थिए । दिनभर उत्साहका साथ मतदाताहरुले मतदान गरेको स्थानीय सुदिप बरालले नागरिकलाई टेलिफोनमा बताए।  यहाँ लगायत जिल्लाका सवै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको पाँचथरका प्रहरी प्रमुख डिएसपि नकुल पोखरेलले जानकारी दिए।

प्रकाशित: १४ असार २०७४ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App